मधेशमा कम बजेट दिएको भन्ने सत्य होइन : प्रधानमन्त्री

मधेशमा कम बजेट दिएको भन्ने सत्य होइन : प्रधानमन्त्री
सुन्नुहोस्

काठमाडौं :प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले शिक्षामा बजेट नघाएको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेको प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले आर्थिक वर्ष २०८०/०८१ को बजेटमा शिक्षाको बजेट नघाएको स्पष्ट पारेका हुन्।

उनले भने,'बजेटको आकार चालु आर्थिक वर्षको भन्दा  सानो हुँदा पनि आगामी वर्षको बजेटमा शिक्षाको बजेट घटाइएको छैन।'

प्रधानमन्त्री प्रचण्डले मधेश प्रदेशमा कम बजेट विनियोजन भयो भन्ने कुरा साचो नभएको बताए। उनले संघीयताको मर्मअनुरुप संघबाट प्रदेश र स्थानीय तह वित्तीय हस्तान्तरणको १५ प्रतिशत बढि रकम मधेश प्रदेशमा जाने गरेको बताए। यसका अतिरिक्त संघबाट संचालन हुने पूर्वपश्चिम राजमार्ग पथलैया वीरगन्ज कोरिडोर, हुलाकी राजमार्ग, बागमती कमला चन्द्र नहरलगायत सिँचाइ आयोजनाहरू तराई मधेशलाई लक्षित गरी अगाडि बढिरहेको बताए।

मधेशलाई काठमाडौं जोड्ने द्रूतमार्गलगायतका ठूलो परियोनाहरू पनि मधेश प्रदेशमा पर्ने र तिनको समयवद्ध कार्यान्वयनका लागि यथोचित बजेट विनियोजन गरिएको भन्दै प्रधानमन्त्रीले वीगन्जको विकास सरकारको प्राथमिकतामा रहेको बताए।

उनले मानव जीवनसँग अत्यावश्यक विषयहरू स्वास्थ्य, शिक्षा , रोजगारी र कृषिलाई उच्च प्राथमिकतामा राखेको बताए।

यस्तै प्रधानमन्त्रीले बजेटमा कृषि क्षेत्रका लागि उत्पादनमा आधारित अनुदान, र‌ैथाने बाली प्रवर्द्धन र रासानिक मलमा बजेट व्यवस्थापनलगायत कार्यक्रम रहेको स्पष्ट पारे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.