२ करोड ३३ लाख मूल्यको लागुऔषध बरामद, ५ विदेशीसहित १२ जना पक्राउ

२ करोड ३३ लाख मूल्यको लागुऔषध बरामद, ५ विदेशीसहित १२ जना पक्राउ
सुन्नुहोस्

काठमाडौं : नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्यूरोले अवैध लागुऔषध कारोवार गर्ने ५ जना विदेशीसहित १२ जनालाई पक्राउ गरेको छ । व्युरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जेष्ठ २८ देखि असार ७ गतेसम्म गरिएको अपरेशनका क्रममा लागुऔषध कारोवार गर्ने ५ जना विदेशीसहित १२ जनालाई पक्राउ गरेको जानकारी दिएको हो ।

 व्युरोले गत जेष्ठ २८ गते काठमाडौंको सिनामंगलमा भारत घर भएका हेमन्त कुमार भगतलाई खैरो हिरोइन १०० ग्रामसहित नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि आक्रमण गरि पेस्तोल खोस्ने प्रयास गरेकाले जवाफ कारवाही गर्दा बायाँ खुट्टामा गोली लागी उपचार भइरहेको र उनीसँग सोधपुछ गर्दा भारत घर भइ धरान बस्ने राम भजन भन्ने शंजिव कुमारको समेत संलग्नता देखिएकाले उनलाई पक्राउ गरिएको जनाएको छ ।

त्यस्तै करिब ७ किलो लागुऔषध चरेशसहित एकजना जर्मन नागरिकलाई इस्तानबुल जान लागेको अवस्थामा त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको व्युरोका प्रवक्ता प्रहरी उपरिक्षक चक्रराज जोशीले जानकारी दिए । उनले विशेष अपरेशनका क्रममा १० हजार १ सय ३० पिस एलएसडी स्टीकरसहित ५ लाई पक्राउ गरिएको बताए।

ठमेल सातघुम्तीबाट काठमाडौं चन्द्रागिरी घर भएका सुगम मैनालीलाई ७ पिस एलएसडीसहित पक्राउ गरेपछि थप अनुसन्धान गर्दै जाँदा अन्य व्यक्तिहरुलाई पनि पक्राउ गरिएको जोशीले जानकारी दिए । उनले कागजमा टास्ने स्टीकरको स्वरुपमा एलएसडी बरामद गरिएको पनि बताए।

त्यस्तै अनुसन्धानका क्रममा अवैध लागुऔषधसहित विभिन्न तीनजनालाई पक्राउ गरिएको व्युरोले जनाएको छ । पक्राउ परेकाहरुबाट बरामद अवैध लागुऔषधको अवैध बजार मूल्य २ करोड ३३ लाख भन्दा बढि रहेको पनि व्युरोले जानकारी दिएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.