नालीभित्र फर्निचर व्यवसायीको शव फेला, दुर्घटनामा परेको आशंका

नालीभित्र फर्निचर व्यवसायीको शव फेला, दुर्घटनामा परेको आशंका
नालीभित्र डुबिरहेको अवस्थामा भेटिएको मोटरसाइकल । तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

विराटनगर  : मोरङको सुन्दरहरैँचा नगरपालिका–५ बाँसबारीस्थित नालीभित्र शुक्रबार बिहान १ जना फर्निचर व्यवसायीको शव फेला परेको छ ।  नालीको पानीभित्र सुन्दरहरैँचा–५ का ४५ वर्षीय शिवनाथ आचार्यको शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार नालीभित्र आचार्य मृत फेला परेपछि स्थानीयले प्रहरीलाई बिहान ५:३० बजेतिर खबर गरेका थिए । आचार्य फर्निचर व्यवसायी हुन् । बाँसबारी चोकमा उनको पञ्चकन्या देवी काष्ठ फर्निचर उद्योग छ ।  आचार्य मृत फेला परेकै नालीभित्र उनको मोटरसाइकल पनि भेटिएको छ । 

पानीमा आधा भाग डुबिरहेको अवस्थामा प्र १–०२–०५० प ८०८४ नम्बरको मोटरसाइकल फेला परेको जानकारी डीएसपी दाहालले दिए । उनका अनुसार रातको समयमा बलिया चोकबाट घरतर्फ जाने क्रममा आचार्य दुर्घटनामा परेको हुनसक्ने प्रारम्भिक अनुमान छ । 

‘फर्निचर व्यवसायी आचार्यको शव नालीभित्र फेला परेको हो,’ उनले भने, ‘शव रहेको स्थाननजिकै नालीकै पानीमा आधा भाग डुबिरहेको अवस्थामा मोटरसाइकल पनि भेटिएको छ ।’ घटनाको प्रकृति हेर्दा आचार्य दुर्घटनामा परेजस्तो देखिने डीएसपी दाहालको भनाइ छ ।

‘ढकन नलगाइकन नालीलाई ठाउँठाउँमा खुला छाडिएको रहेछ,'उनले भने,‘रातको समयमा आफ्नो घरतिर जाने क्रममा अनियन्त्रित भइ मोटरसाइकलसहित नालीमा खसेर आचार्यको मृत्यु भएको हुनसक्छ ।’

उनका अनुसार विराटनगरको कोसी अस्पतालमा पोस्टमार्टम गरेर अन्त्येष्टिका लागि शव परिवारको जिम्मा लगाइएको छ । दाहालले पोस्टमार्टम रिपोर्टको आधारमा  र थप अनुसन्धानपछि घटनाको वास्तविकता पत्ता लाग्ने उल्लेख गरे । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.