कोरला जोड्ने सडकमा कालोपत्रे
जोमसोम : म्याग्दी र मुस्ताङको सीमाक्षेत्र काभ्रेभीरको जोखिमपूर्ण सडकमार्ग अब विस्तारै सहज बन्दै जान थालेको छ। सडकमार्गको १६ सय मिटर दूरीमा आरसीसी र डीबीएसडी प्रविधिबाट कालोपत्रे गरिन थालिएसँगै सहज बन्न थालेको हो।
उत्तर-दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजना अन्तर्गत २०७४ सालदेखि बेनी जोमसोम कोरला सडक स्तरोन्नति सुरु गरेको थियो।
शर्मा गजुरमुखी जेभी कम्पनीले अहिले काभ्रेभीर सडकमा २१ सय मिटर दुईतर्फी दोहोरो आरसीसी ढलान गर्नुपर्नेमा ८ सय मिटर आरसीसी सडकको काम पूरा भइसकेको आयोजनाका सूचना अधिकारी ईन्जिनीयर विष्णु चापागाईले जानकारी दिए।
उनले आगामी असोजसम्ममा काभ्रेभीर सडकमा २३ सय मिटरको आरसीसी सडक निर्माण सम्पन्न हुने बताए।