अमेरिकामा मोदीले भने, ‘भारत लोकतन्त्रको जननी हो’

अमेरिकामा मोदीले भने, ‘भारत लोकतन्त्रको जननी हो’
सुन्नुहोस्

अमेरिका : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको भ्रमणमा छन्। राजकीय भनिएको यो उनको पहिलो भ्रमणमा ह्वाइट हाउसले विशेष स्वागतसहित सम्मान गर्यो‍। अमेरिकी राष्ट्रपति जो बाइडेन र मोदीबीच एकअर्काको प्रशंसा निरन्तर चलिरह्यो। यसै क्रममा मोदीले अमेरिकी संसद्लाई समेत विशेष सम्बोधन गरे र भने, ‘इन्डिया इज् द मदर अफ डेमोक्र्यासी।’ अर्थात् भारत लोकतन्त्रको जननी हो।

उनले भारतको लोकतन्त्रका बारेमा विश्व समुदायले सिक्न सक्नेसमेत भन्न भ्याए। भने, ‘लोकतन्त्र भनेको मात्रै कागजमा भएको स्वतन्त्रता होइन, महिला अधिकार र अन्य थुपै्र कुरा भारतसँग छ। जुन अन्य देशले सिक्नुपर्छ।’ उनले भारतमा करिब २५ हजार राजनीतिक दलहरू रहेको बताए। तर, पनि लोकतन्त्रको सम्मान सबैले गरेको उनको तर्क थियो। null

भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति बाइडेनका बीच भएको दुईपक्षीय भेटघाटपछि संयुक्त पत्रकार सम्मेलनमा भने भारतीय प्रधानमन्त्री मोदीले भारतले लोकतन्त्रको उच्चतम अभ्यास गरिरहेको र भारतमा जातीय तथा धार्मिक विभेद नरहेको स्पष्ट पारेका थिए। उनले मानवअधिकार र लोकतन्त्रका मूल्य मान्यताहरूमा अडिग रहेको भन्दै भारतमा अल्पसंख्यक भनिने मुस्लिम तथा अन्य कुनै पनि समुदायको अधिकार र रक्षामा भारत सरकार स्पष्ट रहेको बताए।

दुईपक्षीय भेटघाटपछि मोदीले अमेरिका र भारत दुई असल मित्र भएको र यस पटकको भ्रमणले अमेरिका र भारतको आर्थिक विकासमा विशेष टेवा पुग्ने बताएका छन्। दुईपक्षीय भेटघाटपछिको संयुक्त पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपतिले समेत सम्बोधन गरेको यो पहिलो घटना भएको बताइन्छ।

यसैबीच भारतीय प्रधानमन्त्री मोदीले अमेरिकी संसद्लाई समेत विशेष सम्बोधन गरेका छन्। उनले विश्वकै ठूलो जनसंख्या भएको र लोकतन्त्रको अभ्यासका गरेका कामहरूको फेयरिस्त सुनाए। उनले अमेरिकी संसद्लाई सम्बोधन गर्दै आर्थिक विकासमा अमेरिकाले गरेको प्रगतिको प्रशंसा गर्दै, भारतले समेत सोही गतिमा अगाडि बढिरहेको बताए। कोभिड—१९ का बेला भारत र अमेरिकाले अन्य देशले भन्दा उच्चतम सतर्कता अपनाएर त्यो जोखिममा काम गरेको मोदीले बताए। 

उनले आफ्नो सम्बोधनका क्रममा भारत र अमेरिकाले मात्रै यस्ता धेरै उल्लेख्य काम गरेको दाबी गरेका थिए। अमेरिका र भारतले गरेको प्रगतिबारे फेयरिस्त सुनाउँदै महात्मा गान्धी र मार्टिन लुथर किङ जुनियरको समेत स्मरण उनले गरे। 

मोदीले अमेरिकी संसद्मा सम्बोधनका बखत पटकपटक मानवअधिकार र समानताका बारेमा भारत र अमेरिकाले विश्व समुदायलाई शिक्षा दिन सफल भएको बताए। सम्बोधनका बेला मोदीले भारतमा हजारौं भाषाहरू बोलिने भए पनि भारतको राष्ट्रियताका बारेमा एउटै भाषा रहेको स्पष्ट पारे।

उनले अमेरिकालगायतमा धेरै राष्ट्रहरूले नियालिरहेको बताउँदै भारतमा लोकतन्त्र, मानवअधिकार र विविधता रहेको बताए। सम्बोधनका क्रममा भारत अब छिट्टै विश्वको तेस्रो ठूलो आर्थिक शक्ति राष्ट्र हुने घोषणासमेत गरे।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.