ग्रीसमा आप्रवासी बकेको डुङ्गा दुर्घटना, २८० भन्दा बढी पाकिस्तानी युवा परेको आशङ्का

ग्रीसमा आप्रवासी बकेको डुङ्गा दुर्घटना, २८० भन्दा बढी पाकिस्तानी युवा परेको आशङ्का
सुन्नुहोस्

गत जुन १४ मा लिबियाबाट विश्वको सबैभन्दा घातक सामुद्रिक मार्ग हुँदै विभिन्न एशियाली र अफ्रिकी मुलुकका आप्रवासी लिएर युरोपतर्फ हिँडेको उक्त डुङ्गा आयोनियन सागरमा डुबेको थियो ।

गत साता ग्रीसमा आप्रवासीको डुङ्गा डुब्दा २८० भन्दा बढी पाकिस्तानी युवाहरू परेको उनीहरूका परिवारले आशङ्का व्यक्त गरेका छन् ।

गत जुन १४ मा लिबियाबाट विश्वको सबैभन्दा घातक सामुद्रिक मार्ग हुँदै विभिन्न एशियाली र अफ्रिकी मुलुकका आप्रवासी लिएर युरोपतर्फ हिँडेको उक्त डुङ्गा आयोनियन सागरमा डुबेको थियो ।
 

डुङ्गा डुब्दा सयौँ मानिस डुङ्गामा थिए भने अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ८२ पुगेको छ ।

घटनामा १०४ जनालाई जीवितै उद्धार गरिएको थियो । प्रत्यक्षदर्शीहरूको विवरणअनुसार डुङ्गासँगै सयौं मानिस पानीमा डुबेका थिए र उनीहरूको अवशेष अझै समुद्रमा हराइरहेको छ ।

पाकिस्तानका गृहमन्त्री राना सनउल्लाहले संसदमा सांसदहरूको सवालको जवाफ दिँदै भने, 'अहिलेसम्म २८१ पाकिस्तानी परिवारले हामीसँग सम्पर्क गरेका छन् र आफ्ना बच्चाहरु यस दुर्घटनाको शिकार भएको हुन सक्ने बताएका छन् ।'

सनउल्लाहका अनुसार डुङ्गा दुर्घटनामा परेका १२ जना पाकिस्तानी नागरिकलाई सकुशल उद्धार गरिएको थियो । 

उनले भने, 'सम्भवतः यसअघि कुनै पनि घटनामा यति ठूलो सङ्ख्यामा मानिसको मृत्यु भएको थिएन।'

पाकिस्तान एक आर्थिक मन्दीको चपेटामा छ । यसका कारण धेरै पाकिस्तानी परिवार गरिबीमा फसेका छन् र सुरक्षित जीवनको खोजीमा अवैध आप्रवासनले बढावा पाएको छ । प्रायजसो युवाहरू युरोपमा पुगी वित्तीयरूपमा आफूलाई बलियो बनाउन र परिवारको रेखदेखका लागि सम्पत्तिको जोहो गर्न चाहन्छन् ।
 
तिनीहरूले लिने मार्गहरू भिन्न भिन्न रहने गरेका छन् । कतिपयले कानुनी रूपमा नै उत्तरी अफ्रिकामा पुगी त्यहाँबाट मौका पाउँदा समुद्रको जोखिमपूर्ण यात्रा गर्दै यूरोप छिर्छन् भने केहीले इरान र टर्की हुँदै जमिनको बाटो यूरोपको यात्रा तय गर्छन् ।
 
पाकिस्तानको फेडरल इन्भेस्टिगेसन एजेन्सी (एफआईए) ले मृतकका परिवारबाट डिएनए नमूना सङ्कलन गरिरहेको छ । अहिलेसम्म १९३ वटा रगत र कपालको नमूना लिइएको छ । 

तर बेपत्ता हुनेको सङ्ख्या फेला परेका शवको सङ्ख्याभन्दा निकै बढी छ, जसले पाकिस्तान प्रशासित काश्मिर र पूर्वी पञ्जाब प्रान्तका शोकसन्तप्त परिवारको आशालाई कमजोर बनाएको छ ।

घटनामा दुई भतिजा गुमाएका ५५ वर्षीय जफर इक्बालले भने, 'हामीले कम्तीमा पनि शव ल्याउनुपर्छ ताकि आमाबाबु र आफन्तले मानसिक शान्ति पाउन सकून् । सरकारले जतिसक्दो चाँडो अनुसन्धान पूरा गर्नुपर्छ ।'

पञ्जाब र पाकिस्तान प्रशासित काश्मिरमा स्थानीयका अनुसार विदेश पठाउन ‘एजेन्ट’ भनिने मानव तस्करहरूको कालो बजार फस्टाउँदै गएको छ, जसले ठूलो शुल्क तिरेर युरोपमा अवैध आप्रवासनको व्यवस्था गर्छन् ।

इस्लामाबादस्थित एफआईएका एक अधिकारीले एएफपीसँग शुक्रबार भने, 'अहिलेसम्म २५ जना एजेन्टलाई पक्राउ गरिएको छ । मानव तस्करविरुद्ध छापा मार्ने काम भइरहेको छ र अनुसन्धान जारी छ।' 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.