सुनिता डंगोललाई स्पोर्ट्स फोटो पत्रकारको अवार्ड
काठमाडौं : अन्नपूर्ण पोस्ट्की फोटो पत्रकार सुनिता डंगोलले स्पोर्ट्स फोटो पत्रकारको अवार्ड प्राप्त गरेकी छन् । ओलम्पिक डे (जुन २३) पारेर शुक्रबार नेपाल ओलम्पिक कमिटी (एनओसी) आयोजित अवार्डमा डंगोलले उत्कृष्ट स्पोर्ट्स फोटो पत्रकारको अवार्ड प्राप्त गरेकी हुन्।
उनीसहित चार पत्रकार पनि एनओसी अवार्डबाट सम्मानित भएका छन्। शिलापत्रका सरोज तामाङले उत्कृष्ट मल्टीमिडिया, प्रजित शाक्यले उत्कृष्ट छापामाध्यम, प्रज्वल शाक्यले उत्कृष्ट भिज्युल मिडियाको अवार्ड प्राप्त गरे।
यसैगरी एथलेटिक्सका दीपक अधिकारी र पारा तेक्वान्दोकी सृजना घिसिङ एनओसी अवार्ड जिते। पारा तेक्वान्दोका कविराज नेगी र टेनिसकी रेनु देवी कोन्डा उत्कृष्ट प्रशिक्षकको अवार्ड प्राप्त गरे । नेपाल बक्सिङले उत्कृष्ट संघको अवार्ड प्राप्त गरेको छ।