आईसीसी एकदिवसीय विश्वकप छनोट : आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

आईसीसी एकदिवसीय विश्वकप छनोट : आज नेपाल र नेदरल्यान्ड्स भिड्दै
सुन्नुहोस्

काठमाडौं : आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा आज नेपाल र नेदरल्यान्ड्सबीच खेल हुँदैछ । नेदरल्यान्ड्सविरुद्ध नेपालको खेल दिउँसो १२ : ४५ बाट सुरु हुँदैछ । 

नेदरल्यान्ड्ससँग दक्षिण अफ्रिकामा भएको अभ्यास खेलमा नेपाल पराजित भएको थियो । नेपाल सुपर सिक्समा पुग्न आज नेदरल्यान्ड्सलाई हराउनु पर्ने दबाब छ। आज हारेमा समूह चरणबाटै बाहिरिने सम्भावना छ। 

नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले हारेको थियो भने र दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो । नेपालले तेस्रो खेलमा वेस्टइन्डिजसँग १०१ रनको फराकिलो हार व्येहोरेको थियो। 

नेपालको टोली :

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान) कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी र अर्जुन साउद ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.