क्रिकेट टिमलाई ओलीको सान्त्वना-‘एउटा असफलता यात्राको अन्त्य होइन, सँगै खाना खाने गरी भेटौँला’

क्रिकेट टिमलाई ओलीको सान्त्वना-‘एउटा असफलता यात्राको अन्त्य होइन, सँगै खाना खाने गरी भेटौँला’
सुन्नुहोस्

मेहनत जननी हो भने परिणाम शीशु। कहिलेकाहीं मेहनतका बावजूद पनि परिणाम प्राप्त नहुन सक्छ। यसबाट निराश हुनु हुँदैन।

काठमाडौं : आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह चरणबाटै बाहिरिएपछि नेपाली खेलाडिलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निराश नहुन आग्रह गरेका छन्। शनिबार समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग नेपाल सात विकेटले पराजित भएपनि पूर्वप्रधानमन्त्री ओलीले ढाडस दिएका हुन्। 

आइसीसी एक दिवसीय क्रिकेट विश्वकपमा सहभागी हुन नपाएपनि उनले निराश नहुन नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यलाई सान्त्वना दिएका छन्। ओलीले परिणाम हामीले सोचेजस्तो नभए पनि नेपाली टिमको मेहनत कमजोर नभएको उल्लेख गरे।
 

ओलीले नेपाल फर्केपछि सँगसँगै खाना खानेगरि भेट्ने प्रतिबद्धता जनाएका छन्। उनले एउटा असफलता यात्राको अन्त्य नभएको बताउँदै यात्रा जारी रहने उल्लेख गरेका छन्।

‘हिजो मैले नेपाली टिम र नेदरल्याण्डबीचको खेल लाइभ हेरें।  मोबाइलमा इन्टरनेट स्लो भएर केही डिस्टर्ब भयो, तैपनि हेरें।’  सामाजिक सञ्जाल फेसबुकमा यात्रा जारी छ भन्दै ओलीले लेखेका छन्, ‘आइसीसी एक दिवसीय क्रिकेट विश्वकपमा सहभागी हुन त हामीले पाएनौं।  मेहनत जननी हो भने परिणाम शीशु। कहिलेकाहीं मेहनतका बावजूद पनि परिणाम प्राप्त नहुन सक्छ। यसबाट निराश हुनु हुँदैन। परिणाम हामीले सोचेजस्तो नभए पनि नेपाली टिमको मेहनत कमजोर थिएन। मेहनतका लागि धन्यवाद नेपाली क्रिकेट टिम ! नेपाल फर्केपछि सँगसँगै खाना खानेगरि भेटौँला। एउटा असफलता यात्राको अन्त्य होइन, हाम्रो यात्रा जारी छ।’

जिम्बाब्वेको हरारेस्थित तकासिङ्घा स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ थालेको नेपालले ४४.३ ओभमा अल आउट हुनुअघि एक सय ६७ रनको योगफल तयार गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेदरल्यान्ड्सले २७.१ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। पहिलो खेलमा जिम्बाब्वेसँग आठ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो। तेस्रो खेलमा वेस्ट इन्डिजसँग पराजित भएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.