राक्सिराङको बजेट ५७ करोड ८८ लाख

राक्सिराङको बजेट ५७ करोड ८८ लाख
सुन्नुहोस्

हेटौंडा : मकवानपुरको राक्सिराङ गाउँपालिकाले आगामी आथिर्क वर्ष २०८०-०८१ को लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।

पालिकाको १४ औँ गाउँसभामा उपाध्यक्ष बनस्तम थिङले कूल ५७ करोड ८८ लाख ९७ हजार १९७ रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । 

बजेटमा पुँजीगततर्फ २४ करोड ५३ लाख ६५ हजार र चालुतर्फ ३५ करोड ४१ लाख ६० हजार रुपैयाँ छुट्याइएको छ । 

गाउँपालिकाले सामाजिक विकासतर्फ २२ करोड ६७ लाख ७८ हजार रुपैयाँ विनियोजन गरेको छ । शिक्षातर्फ १५ करोड ७२ लाख रुपैयाँ छुट्याइएको छ भने सडक, पुल तथा झोलुङ्गे पुलको लागि ४ करोड ९९ लाख रुपैयाँ विनियोजन गरेको छ । 

भवन तथा सहरी विकासतर्फ १ करोड ३० लाख विनियोजन गरिएको छ भने खानेपानीतर्फ १ करोड ६० लाख रुपैयाँ खर्च गर्ने लक्ष्य राखिएको छ । 

स्वास्थ्यतर्फ ४ करोड ७० लाख रुपैयाँ छुट्याएको गाउँपालिकाले कृषितर्फ १ करोड ७२ लाख रुपैयाँ विनियोजन गरेको छ । 

त्यस्तै पूर्वाधार विकासतर्फ ७ करोड ९० लाख रुपैयाँ खर्च गर्ने लक्ष्य राखिएको छ । विपद् व्यवस्थापनतर्फ ४० लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिकाले उद्योग, रोजगारी प्रवर्द्धन तथा गरिबी निवारणका लागि २५ लाख रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै सञ्चार तथा सूचनातर्फ ३३ लाख रुपैयाँ छुट्याइएको छ ।

पालिकाले महिला बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्ग, दलित र पिछडिएका वर्गको उत्थान र प्रवर्धनात्मक कार्यक्रमको लागि २८ लाख रुपैयाँ विनियोजन गरेको छ । 

खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट ५ करोड ४ लाख ९५ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । संघीय सरकारबाट जम्मा ४२ करोड ५९ लाख ७० हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । 

त्यस्तै प्रदेश सरकारबाट ७ करोड ७९ लाख ३२ हजार रुपैयाँ आम्दानी हुने लक्ष्य राखिएको छ । स्थानीय राजस्व संकलनबाट २ करोड ४५ लाख रुपैयाँ आम्दानी हुने लक्ष्य राखिएको छ ।

चालु आवमा पालिकाको बजेट ६६ करोड रुपैयाँ कार्यान्वयन भएको थियो । संघ र प्रदेशबाट प्राप्त हुने अनुदानमा कटौती भएपछि आगामी वर्षको बजेट करिब १० करोड रुपैयाँ घटेको हो । 

गाउँसभामा गाउँपालिका अध्यक्ष राजकुमार मल्लले दूर्गम राक्सिराङमा समृद्धिको खाका कोर्न जनप्रतिनिधिहरु निरन्तर लागिपरेको बताए । 

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले बजेटमार्फत् शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपालन, सडक पूर्वाधार, ग्रामिण विद्युतीकरण, नदिजन्य व्यवस्थापन, सिपमुलक तालिम र विशेषगरी जनजाति तथा सिमान्तकृत चेपाङ समूदायको हितका सन्दर्भका कार्यक्रमलाई प्राथमिकता दिइएको उल्लेख गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.