पहिरो हटाएर कान्तिलोकपथ सडकखण्डमा यातायात सुचारु
हेटौंडा : कान्तिलोकपथ सडकखण्ड अन्तरगत हेटौंडा–काठमाडौँ जोड्ने सडक सञ्चालनमा आएको छ ।
अविरल वर्षापछि आएको पहिरो हटाएर आज बिहानैबाट सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उक्त सडकखण्ड अन्तरगत पर्ने ललितपुरको भट्टेडाँडा नजिकै प्रहरी चौकीको दक्षिणतर्फ पहिरो गएपछि हिजो बिहानबाट सडक अवरुद्ध भएको थियो ।
अहिले हेटौंडा–काठमाडौं जोड्ने त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग र भीमफेदी कुलेखानी हुँदै फाखेल, सिस्नेरी सडकखण्डमा पनि सवारीसाधन संचालनमा रहेको प्रहरीले जनाएको छ ।