हेटौंडामा सवारी दुर्घटना, एकजनाको मृत्यु

हेटौंडामा सवारी दुर्घटना, एकजनाको मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

हेटौंडा : त्रिभुवन राजपथ अन्तरगतको हेटौंडा उपमहानगरपालिका वडा नम्वर–२ चौकिटोलस्थित खण्डमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा हेटौंडा–१, जरुवाटोल निवासी वर्ष २५ का अमित कपाडी रहेका छन् । कपाडी दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए । उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा गएराति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

भैंसेबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००२ प ६४४ नम्वरको स्कुटरलाई विपरित दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ८५१ नम्वरको टिपरले ठक्कर दिँदा दुर्घटना भएको थियो । 

सोही दुर्घटनामा परेर स्कुटरका चालक सामान्य घाइते भएका छन् । उनी हेटौंडा अस्पतालमा उपचार पश्चात घर फर्किसकेका छन् । 

प्रहरीले ठक्कर दिने टिपर चालकलाई नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.