प्रतिनिधिसभा बैठक (लाइभ)


काठमाडौं : प्रतिनिधिसभा बैठक सुरू भएको छ। आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत छलफलका क्रममा उठाइएका प्रश्नहरूको विभागीय मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।

संसद सचिवालयका अनुसार गृह, वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शहरी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रीले विनियोजन विधेयक २०८० अन्तर्गत मन्त्रालयगत छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ।

मन्त्रीले जवाफ दिनु अगाडि उपराष्ट्रपति कार्यालयसम्बन्धी बजेटबारे पनि छलफल हुनेछ। शुक्रबार बजेट पुस्तिका उपलब्ध नभएको भन्दै सांसदले प्रश्न उठाएपछि छलफल हुन सकेको थिएन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.