निजामती सेवाका घरमुली

निजामती सेवाका घरमुली

आन्तरिक विषयतर्फ सबैभन्दा पेचिलो कुरा निजामती सेवाभित्र भ्रष्टाचार मौलाएको सर्वत्र चर्चा छ।

निजामती सेवा सरकार सञ्चालनको बलियो खम्बा हो। यस सेवालाई नेपालको संविधानले संरक्षकत्व प्रदान गरेको छ। छुट्टै कानुनद्वारा यस सेवाको गठन गरिएको छ। विभिन्न श्रेणी र तहका पदहरूको व्यवस्थाद्वारा संगठित छ। विभिन्न दरबन्दीमा कानुनबमोजिम कर्मचारीको नियुक्ति, सरुवा, 

बढुवा र अवकाशको सिलसिला निरन्तर चलिरहन्छ। यो कहिल्यै रिक्त नहुने सेवा हो। यसै कारण निजामती सेवालाई स्थायी सरकारको उपमा दिइन्छ। 
मुख्यसचिव निजामती सेवाको सर्वोच्च पद हो। निजामती सेवाको घरमुलीको रूपमा यो पदको मर्यादा छ। नेपाल सरकारले हालै सचिव डा. बैकुण्ठ अर्याललाई मुख्यसचिव पदमा नियुक्त गरेको छ। मुख्यसचिव पदको कार्यकाल तीन वर्षको हुन्छ। मुख्यसचिव पदको ‘रडार’मा शासन 
सञ्चालनका धेरै पक्ष पर्छन्। आन्तरिक र बाह्य भनेर केही कुरा यसमा समावेश छन्।

बाह्य विषयको कुरा गर्दा वर्तमान दुनियाँ पारस्परिक निर्भरताको सिद्धान्तबाट चलेको छ। राजनीतिक, आर्थिक, सामरिक, सामाजिक, सांस्कृतिक, प्रविधिजन्य वा भौगोलिक सीमाको संवेदनशीलताले पारस्परिक निर्भरतालाई बढाइरहेका छन्। राष्ट्रहरूको साझा संगठन संयुक्त राष्ट्रसंघ र विश्व बैंकलगायत अन्तर्राष्ट्रिय संस्थाहरूले विश्व शान्ति र समृद्धिमा सघाइरहेका छन्। यस प्रकारको विश्व परिवेशमा नेपाल जस्तो विकासको प्यासले तिर्खाइरहेको मुलुकका लागि अन्तर्राष्ट्रिय सहयोग, सद्भाव र समर्थन एकदमै जरुरी छ। संवाद, समझदारी र सहकार्यबाट उक्त लाभ हासिल गर्न सकिन्छ।

विश्वको सहयोगको ढाँचालाई विद्वान्हरूले तीन प्रकारमा वर्गीकृत गरेका छन्। ‘एक्सचेन्ज’, ‘डाइलग’ र ‘कमाण्ड’ मोडेल नाम दिइएको छ। विकसित राष्ट्रहरूका बीचमा हुने सहयोग ‘एक्सचेन्ज’ मोडेलमा आधारित छ। विकासशील देशहरूले ‘डाइलग’ मोडेल अपनाउँछन्। पछिल्लो समयमा विकासशील भारतले र विकसित अमेरिकासँग बढाएको सहयोगको दायरालाई ‘डाइलग’ मोडेलको सफलताका रूपमा अथ्र्याउन सकिन्छ। जहाँ कमजोर नेता र अल्छी कर्मचारी छन्, त्यहाँ ‘कमाण्ड’ मोडेल लागू हुन्छ। ‘कमाण्ड’ मोडेलमा दिनेको स्वार्थ बढी र लिनेको स्वार्थ कम सम्बोधन हुन्छ। नेपाल ‘कमाण्ड’ मोडेलमै अल्झिरहेको छ। ‘डाइलग’ मोडेलमा उक्लनु जरुरी छ। यसका लागि मुख्यसचिवको ‘करिस्मा’ अपरिहार्य छ।

आन्तरिक विषयतर्फ सबैभन्दा पेचिलो कुरा निजामती सेवाभित्र भ्रष्टाचार मौलाएको सर्वत्र चर्चा छ। बहालवाला सचिव नै आचरण विपरीतको काममा संलग्न भएको आरोपमा मुद्दा खेपिरहेको अवस्थाले भ्रष्टाचार व्याप्त छैन भन्न सक्ने स्थिति छैन। कर्मचारीतन्त्र निजामती सेवाकै सीमाभित्र रहन पर्नेमा दलीय राजनीतिको छायामा पर्दै गएको छ। निजामती सेवाका ‘लोअर हाफ’ पदका कर्मचारीहरू दलीय छहारीमा संगठित छन्। ‘अपर हाप’लाई तटस्थ भनिएको छ। तर तल्लो पदमा रहँदा कित्ताकाट भइसकेपछि माथिल्लो पदमा पुग्दा तटस्थ हुन्छ भन्नुलाई कति विश्वास गर्ने ? दलको छहारीमुक्त र पेसागत हकहितमा दुरुस्त कर्मचारी संगठन व्यवस्थापन हेतु मुख्यसचिवले नै संकल्प गर्नु जरुरी छ।

नेपालको राजनीति व्यक्तिगत लोभ, लालचा र स्वार्थले ग्रसित बन्दै गएको घटनाक्रमले पुष्टि गर्दै गएको देखिन्छ। कर्मचारीलाई काखी च्यापेर त्यस्तो स्वार्थ सिद्ध गर्ने प्रवृत्ति मौलाइरहेको पर्यवेक्षकको ठहर छ। कर्मचारीमा पनि इमान र इज्जतलाई गौण ठान्दै ‘प्रमोसन र पैसा’लाई सर्वोपरी मान्ने मनोविज्ञान प्रबल हँुदै गएको देखिन्छ। ऐन नियमका मनसाय÷व्यवस्था एकातिर र व्यवहार अर्कोतिर छ। निजामती सेवालाई हचुवामुखी बन्नबाट जोगाउन र विधिबमोजिम चलाउन पनि मुख्यसचिवकै अग्रसरताको खाँचो छ।

वास्तवमा नवनियुक्त मुख्यसचिवसामु चुनौतीका चाङ छन्। आँट र अठोटले चुनौतीलाई परास्त गर्न सकिन्छ। कार्यसम्पादनमा नयाँ लहर पैदा नगरी निजामती सेवाको धमिलिएको छवि स्वच्छ हुन पनि सक्दैन।

मुलुकमा संघीय ढाँचाको शासन प्रणाली बहाल छ। कर्मचारीका वृत्ति विकास र सेवा सुविधाका तमाम समस्या विद्यमान छन्। शासन सुधार्न, विकास तीव्र पार्न र जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउन कर्मचारीको भूमिका सक्रिय र सुप्रिय नभई सम्भव छैन। यसका लागि पनि निजामती सेवाका घरमुली अर्थात् मुख्यसचिव गम्भीर हुन अनिवार्य छ। अन्यथा समस्या बल्झिदै जाने र प्रणालीको असफलताको अपजस निजामती सेवाले खेप्न पर्ने स्थिति पैदा हुनेछ। यसतर्फ पनि बेलैमा मुख्यसचिव चनाखो हुन जरुरी छ।

वास्तवमा नवनियुक्त मुख्यसचिवसामु चुनौतीका चाङ छन्। आँट र अठोटले चुनौतीलाई परास्त गर्न सकिन्छ। सिंगो निजामती सेवाको परिचालन र कार्यसम्पादनमा नयाँ लहर पैदा नगरी निजामती सेवाको धमिलिएको छवि स्वच्छ हुन पनि सक्दैन। यो स्थितिमा पदको प्रभाव, ओज र गरिमालाई प्रशंसनीय बनाइराख्न मुख्यसचिवले आफ्नो दैनिकीमा शरम, नरम र गरम चरित्रलाई दृढतापूर्वक प्रदर्शन गर्न सक्नुपर्छ।

शरम यस मानेमा आवश्यक छ कि समाज स्वार्थी छ। समाजका विभिन्न पात्र व्यक्तिगत प्रलोभन देखाएर पदीय आचरण विपरीतका कार्य गर्न उक्साउँछन्। स्वार्थ सिद्ध गर्न उद्यत रहन्छन्। यस्ता कार्यको अंशियार बन्दा आफ्नो व्यक्तिगत, पदीय र पारिवारिक यश, मान, इज्जत र प्रतिष्ठा गिर्छ। यस्तोबाट जोगिन र जोगाउन शरम रक्षा कवज हो। नैतिक हतियार हो। यसले पदीय आचरण विपरीतका कार्य गर्न सधैं रोक्छ।

नरम यस्तो तत्त्व हो जो बोली, बचन र व्यवहारमा प्रकट हँुदा अरूलाई हेर्ने, सुन्ने, बुझ्ने र नेतृत्व गर्ने कार्य सरल हुन्छ। नरम व्यवहारले परिस्कृत संस्कार, शिष्टता र सभ्यताको प्रदर्शन गर्छ। सम्बन्धको सम्पोषण गर्छ। विश्वासको आधार तयार गर्छ। निजामती सेवाको सिंगो पंक्तिलाई ‘रहरले काम गरौं र हाँसेर सेवा गरौं’को अभियानमा सरिक गराउन नरम व्यवहारबाटै माहोल बन्छ। यो एक यस्तो आध्यात्मिक लक्षण हो जसले व्यक्तिभित्र प्रेम, दया, करुणा र सहृदयता पैदा गर्छ। जो ‘टिम एप्रोच’का लागि सञ्जिवनी हो। निजामती सेवामा नरम भाव व्याप्त हुन जरुरी छ।

गरम चरित्र पनि मुख्यसचिवमा हुन आवश्यक छ। विशेषगरी मन्त्रिपरिषद्को नीतिगत निर्णयका आडमा भ्रष्टाचार मौलाइरहेको भन्ने पर्यवेक्षकहरूको टिप्पणी छ। जुन बेला कानुनद्वारा स्थापित प्रक्रिया, पद्धति वा प्रणाली छल्ने आशयले निर्णय गर्ने अवस्था पैदा हुन्छ, त्यो क्षणमा मुख्यसचिव गरम हुनै पर्छ। वास्तविक तथ्य, अकाट्य तर्क र शिष्ट तरिका अपनाएर बुद्धिमत्ता ढंगले अडान लिन सक्नु नै गरम हुनु हो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.