जलवायुमैत्री खेती, स्मार्ट गाउँ

जलवायुमैत्री खेती, स्मार्ट गाउँ
सुन्नुहोस्

काठमाडौं : उदयपुर जिल्लाको बेलका नगरपालिकाभित्रको डुँडेखोला, जलवायु मैत्री गाउँको एक नमुना बनेको छ। गाउँका २६ घर परिवार पाँच वर्षअघिदेखि जलवायु मैत्री अभ्यास गर्दै आएका छन्। यो अरूका लागि उदाहरणीय गाउँ बन्न पुगेको छ। 

हरेक घरमा टनेल, कुखुराको खोर, माछापोखरी, जुठ्यान (खेर गएको पानी जम्मा गरेर बिरुवामा हाल्ने), भाँडा माझेर सुकाउने बाँसको चाङ, थोपा सिँचाइ, पशुपालनमा लागि सुधारिएको व्यवस्थित गोठ र प्रांगारिक तथा जैविक मलका लागि छुट्टै स्थान बनाएका छन्। हरेक घर परिवारलाई पोषणयुक्त आहारको अभाव नहोस् भन्ने उद्देश्यले अन्न, तरकारी, फलफूल बाली लगाउने र माछा, गाईबस्तु र कुखुरापालनमा ‘पोषण घरबगैंचा’ लाई प्रोत्साहन गरिएको छ। यसका लागि उनीहरूले जलवायु मैत्री उत्पादन गर्दै आएका छन्।null

रासायनिक मलको विकल्पमा प्रांगारिक मल प्रयोगमा ल्याएका छन्। विभिन्न संस्थाहरूले तालिम दिएअनुसार गड्यौंला मल बनाएर प्रयोग गर्छन्। विषादीको विकल्पमा जैविक झोल मलको प्रयोग गरिएको छ। अर्गानिक खेतीबाट आफूहरू स्वस्थ र गुणस्तरीय जीवन बिताएको अनुभव सुनाउँछन् स्थानीय किसान दानबहादुर राई। उनी भन्छन्, ‘पहिला किनेर खानुपथ्र्यो। अहिले त्यो पैसा बच्यो र स–परिवारले आफ्नै बारीको स्वस्थकर खान पाएका छौं।’ 

७२ वर्षीया थामबहादुर राई ५ वर्षदेखि अर्गानिक खेतीले विषादीयुक्त तरकारी खान नपरेको सुनाउँछन्। विभिन्न संस्थाको तालिम र सहयोगबाट जलवायु अनुकूलन उत्पादन गर्न सम्भव भएको डँुडखोला कृषक समूहकी अध्यक्ष नौसरी राई बताउँछिन्। अध्यक्ष राईका अनुसार राष्ट्रिय कृषक समूह महासंघले समिति गठन गरेपछि नगरपालिका, वडाबाट सल्लाह सुझावका साथै पोषण घरबगैंचा पनि पाएका हुन्। ‘किसानले कसरी जलवायु मैत्री खेती गर्ने भन्नेबारे सिक्ने मौका पायौं,’ उनले भनिन्।  

पानीको अभाव रहेको उक्त क्षेत्रमा थोपा सिँचाइको प्रयोग गरिएको छ। टनेलमा टमाटर, सागसब्जीलगायत मौसमअनुसार उत्पादन गर्छन्। साथै बेमौसमी तरकारी पनि टनेलमा लगाउने गरेका छन्। उत्पादित वस्तुलाई घरमा उपभोग गरेर बचेपछि नजिकको रामपुर, चतरा बजारमा बिक्री वितरण गर्ने गरेको उनी बताउँछिन्। 

उनी भन्छिन्, ‘बजारमा अर्गानिक उत्पादन भनेर डुँडेखोलालाई चिनिने र यहाँको तरकारीको माग बजारमा बढी नै  छ। अन्य तरकारीभन्दा २० रुपैयाँ 
बढीमा बिक्री हुन्छ।’ पहिला खानलाई मात्र पुग्ने गरेकोमा यहाँका किसान अहिले अर्गानिक अर्थात् स्वस्थ तरकारी खाएर पनि बेचेर पैसा बचतसमेत गर्न सक्षम भएका छन्। यो पानीको अभाव क्षेत्र हो। यहाँ वर्षाबाहेक सधैं खडेरी पर्छ। जमिनमा कल राखेर पनि पानी आउँदैन। यसैले पानीलाई बचत गरेर थोपा सिँचाइले गाउँ नै हराभरा बनाएका छन्। null

गाउँलाई स्मार्ट बनाउन वाटर स्मार्ट अर्थात् पानी किफायत गर्ने, कार्बन स्मार्ट अर्थात् सकभर कार्बन शोचन गर्ने प्रविधिको प्रयोग, सिड स्मार्ट अर्थात् सकभर स्थानीय बिउ प्रयोग गर्न खोजिएको कृषि विज्ञ तथा केयर नेपालका प्रतिनिधि जीवनाथ शर्मा बताउँछन्। उनका अनुसार यस्तो स्मार्ट बनाउनका लागि नगरपालिकाले सहयोग दिएको थियो। उक्त सहयोगपछि स्थानीयले स्मार्ट गाउँ बनाउन सफल भएका छन्। 

जलवायु परिवर्तन हुँदै गएकाले त्योसँग ‘फिट’ हुने प्रविधिहरू ल्याएर अनुकूल बनाउने, उत्पादन बढाउने र कार्बन उत्सर्जन घटाउने काम गरेमा जलवायु मैत्री हुन्छ। यहाँ पानी नभएकाले धारामा आएको पानीलाई प्रयोग गरेपछि जम्मा गर्ने प्रविधिको विकास भएको छ। रासायनिक मललाई त्यागेर प्रांगारिक मल र विषलाई त्यागेर जैविक झोल प्रयोग हुन थालेको छ।  

जलवायु अनुकूलित उदाहरणीय काम गरेको यो गाउँका किसानलाई परिचयपत्रअनुसार कसरी सेवासुविधा दिने भनेर सहजीकरण गरेको राष्ट्रिय कृषक समूह महासंघ नेपालका अध्यक्ष नवराज बस्नेत बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.