सान्नित्रिवेणीका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग
वीरेन्द्रनगर : कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाहरूमा आवश्यक स्वास्थ्य उपकरण र औजारहरू सहयोग गरिएको छ।
नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश र कालिकोट शाखाद्वारा सञ्चालित सामुदायिक स्वास्थ्यका लागि एकीकृत पहल परियोजना अन्तरगत सान्नित्रिवेणी गाउँपालिकाका स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य सेवा केन्द्रहरूमा आवश्यक स्वास्थ्य उपकरण र औजारहरू सहयोग गरिएको हो।
चार वर्षीय समुदाय स्वास्थ्यका लागि एकीकृत पहल परियोजना सन् २०२२ देखि सान्नित्रिवेणी गाउँपालिकामा लागू छ।
प्रतिक्रिया दिनुहोस !
१