त्रियुगा नगरपालिकाको बजेट करिब डेढ अर्ब

त्रियुगा नगरपालिकाको बजेट करिब डेढ अर्ब

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिकाले आगामी आर्थिक वर्ष ०८०/८१ मा करिब डेढ अर्बको बजेट प्रक्षेपण गरेको छ। 

नगरपालिकाको आइतबार सम्पन्न ११ औँ नगरसभाले आगामी आवका लागि १ अर्ब ४७ करोड ४३ लाख ९ हजारको प्रक्षेपणसहितको प्रस्तावित बजेट पारित गरेको हो। 

सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर वसन्तकुमार बस्नेतले कृषि, पशुपन्छी, सहकारी, पर्यटन, उद्यमशीलता प्रवर्द्धन र रोजगार, सामाजिक विकास, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, गैरसरकारी संस्था, भाषा, कला, साहित्य र संस्कृति प्रवर्द्धनबाट जनताका जनजीविकामा मद्दत पुग्ने गरी कार्यक्रम अघि सारिने बताए। 

उपमेयर महेश्वरी राईले नगरको आन्तरिक आम्दानी विभिन्न शिर्षकबाट २० करोड ३० लाख, प्रदेश सरकारको समानीकरण अनुदान, वित्तीय समानिकरण अनुदान, सशर्त, समपुरक अनुदान गरी ५ करोड, ८२ लाख ६२ हजारको अनुमानित बजेट प्रस्तुत गरिन्। 

त्यसैगरी राजश्व बाडँफाँट १९ करोड १६ लाख ४७ हजार र संघीय सरकारको समानीकरण, सशर्त अनुदान, चालू, पुँजीगत, विशेष अनुदान, समपुरक अनुदान एक अर्ब २० करोड ५ लाख आउन सक्ने प्रस्तावित बजेट पेस गरिएको हो। 

सभाले अभरमा नगर, जनतासँग मेयर, उपमेयर, विपद्, सुरक्षित आवास लगायतका शीर्षकमा बजेट छुट्याएको छ। त्यस्तै आर्थिक, सामाजिक, पूर्वाधार, वन, वातावरण, विपद् र फोहोरमैला, संस्थागत क्षमता विकास लगायतका शीर्षक र प्रत्येक वडामा ६० लाखका दरले बजेट विनियोजन गरिएको उपप्रमुख महेश्वरी राईले बताइन्। 

सभाले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको उपलब्धी र वास्तविक आय व्यय समेत अनुमोदन गरेको छ। चालु आवमा १ अर्ब ४७ करोड ५४ लाख ४ हजार ८९२ रुपैयाँ खुद आय भएको जनाइएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.