सिमरामा हुने प्रदेश स्तरीय फुटबल प्रतियोगिताको तयारी पूरा

सिमरामा हुने प्रदेश स्तरीय फुटबल प्रतियोगिताको तयारी पूरा

सिमराः बाराको सिमरा रंगशालामा सोमबारदेखि मधेस प्रदेश स्तरीय फुटबल प्रतियोगिता सुरु हुँदैछ। 

मधेस प्रदेश फुटबल संघको आयोजनामा राम नारायण मिश्र फुटबल प्रतियोगिताको दोस्रो संस्करण हुन लागेको हो। 

आयोजक मधेस प्रदेश फुटबल संघले आइतबार सिमरामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी गराएको छ। 

आयोजकका अनुसार मधेसका आठ जिल्लाको सहभागिता रहने प्रतियोगिताको उद्घाटन प्रदेश प्रमुख हरिशंकर मिश्रले गर्ने भएका छन्। मिश्रले साँझ पाँच बजे प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। 

मधेस प्रदेशको शिक्षा तथा समाज कल्याण मन्त्रालयको सहयोग र बारा जिल्ला फुटबल संघको सहआयोजनामा हुने प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले ३० हजार नगद प्राप्त गर्नेछन्। यसैगरी प्रतियोगितामा विधागत पुरस्कार समेत प्रदान गरिने अध्यक्ष कार्कीले जानकारी दिए। 

रात्रि समयमा आयोजना गर्न लागिएको प्रतियोगिता असार १६ गते सम्पन्न हुनेछ। धनुषामा पहिलो संस्करण आयोजना गरेको संघले दोस्रो संस्करण सिमरामा गर्न लागेको हो। 

सिमरा रंगशालामा फ्लड लाइट उपलब्ध भएका कारण आयोजकलाई रात्रि समयमा प्रतियोगिता आयोजना गर्न सहज भएको छ। अत्यधिक गर्मीका कारण दिउँसोको समयमा खेल संचालन गर्न कठिन हुने देखिन्छ। 

बारा जिल्ला फुटबल संघका अध्यक्ष रामचन्द्र लामाले प्रदेश स्तरीय प्रतियोगिता आयोजना गर्ने अवसर प्राप्त भएकोमा खुशी व्यक्त गरे। उनले प्रतियोगिताको सहआयोजकका रुपमा सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए। 

संघका मधेस प्रदेश कोषाध्यक्ष शम्भुसिंह ठकुरीसहित प्रदेश र जिल्लाका पदाधिकारी तथा सदस्यको उपस्थिति रहेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.