त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो चरेशसहित मोल्दोभाका नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो चरेशसहित मोल्दोभाका नागरिक पक्राउ
सुन्नुहोस्

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ८ किलो चरेशसहित मोल्दोभाका नागरिक पक्राउ परेका छन्। टर्किस एयरको ७२७ नम्बरको उडानबाट इस्तान्बुलहुँदै स्वीजरल्याण्ड जान लागेका मोल्दोभाका नागरिक ८ किलो ७ सय ग्राम लागुऔषध चरेशसहित आइतबार पक्राउ परेका हुन्।  पक्राउ पर्नेमा डेनिस कुसेरेवी रहेका छन्।

त्रिभुवन विमानस्थलको प्रस्थान कक्षबाट उनलाई प्रहरीले पक्राउ गरेको स्रोतले बताएको छ। उनलाई थप अनुसन्धानका लागि लागुऔषध नियन्त्रण व्यूरो लगिएको छ। 

सो परिणामको लागुऔषध चरेश उनले कहाँबाट ल्याएका हुन् र उनको थप कनेक्सनबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

उनले ०५९६२७३३५ नम्बरको रोमानियाको राहदानी प्रयोग गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.