मानव र वन्यजन्तुको द्वन्द्व घटाउन वनमा पोखरी

मानव र वन्यजन्तुको द्वन्द्व घटाउन वनमा पोखरी
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाडाको घुमाउने कोखे सामुदायिक वनमा निर्माण भएको पोखरी। तस्बिर सन्तोष गौतम

बेनी : मानिस र वन्यजन्तुको द्वन्द्व घटाउने उद्देश्यले म्याग्दीका सामुदायिक वनमा पोखरी निर्माण भएको छ। डिभिजन वन कार्यालय, म्याग्दीले चालू आर्थिक वर्ष २०७९/०८० मा म्याग्दीका छ वटा सामुदायिक वनमा वन्यजन्तुले पानी पिउने पोखरी निर्माण भएको जनाएको छ।

मानव र वन्यजन्तुको द्वन्द्व न्युनीकरण गर्ने उद्देश्यले सामुदायिक वन उपभोक्ता समूहमार्फत पोखरी निर्माण भएको कार्यालयका सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले जानकारी दिए। ‘वन्यजन्तु पानी र आहराको खोजीमा मानव वस्तीमा नआउन भनेर जंगलमै पोखरी बनाइएको हो,’ उनले भने ‘वनमै पानी र आहरा भएपछि वन्यजन्तु मानव वस्तीमा नआउने र द्वन्द्व व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरेका छौँ।’

सहायक वन अधिकृत क्षेत्रीका अनुसार पोखरी बनाउन छ वटै स्थानीय तहमा एक/एक वटा सामुदायिक वन उपभोक्ता समूह छनौट भएका थिए। छनौट भएका सबै समुहले कार्य सम्पन्न गरेका हुन्।

६१.७५ वर्गमिटर क्षेत्रफलमा निर्माण भएका सबै पोखरीको क्षमता ६१ हजार लिटर रहेको छ। प्रतिपोखरी निर्माणका लागि एक लाख रुपैयाँका दरले बजेट विनियोजन भएकोमा प्रशासनिक खर्च कटाएर ९६ हजार रुपैयाँका दरले भुक्तानी पाउने जनाइएको छ। 

बेनी नगरपालिका–७ का बराहपाखो, धवलागिरी–७ को भगवति महिला, अन्नपूर्ण–८ को घुमाउने कोखे सल्लेरी, मंगला–२ को खुम्लीया, मालिका–६ को दह, रघुगंगा–१ को वादुक भूमेबराह सामुदायिक वनमा पोखरी निर्माण भएको डिभिजन वन अधिकृत मनोज रानाभाटले बताए। 

गत आर्थिक वर्ष २०७८/७९ मा म्याग्दीका दश वटा सामुदायिक वनमा वन्यजन्तुले पानी पिउने पोखरी निर्माण भएको थियो। आगामी आर्थिक वर्ष २०८०/८१ मा पनि दश वटा पोखरी बनाउन रु. दश लाख विनियोजन भएको छ। 

दह सामुदायिक वन दुखुलेकका अध्यक्ष ओमकार रोकाले जंगलको बीचमा खाडल खनेर बनाएको पोखरीमा नजिकैको मुहानबाट पाइपमार्फत पानी लगेर संकलन गरिएको बताए। 

पोखरी निर्माणले जैविक विविधता संरक्षण, जलवायु अनुकूलन तथा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा योगदान पुग्ने उनको भनाइ छ। बराहपाखो सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बिष्णु गौतमले पोखरीले जंगलमा पानीको स्रोत संरक्षण र चिस्यान कायम गराउन सहयोग पुगेको बताए।

जङ्गलमा निर्माण भएको पोखरीको पानीले डढेलो लागेमा त्यसलाई निभाउन पनि सहज हुने उनले बताए। पछिल्लो समय रतुवा, मृग, बाँदर, चितुवा लगायत वन्यजन्तु मानव वस्तीमा आएर क्षति पुर्‍याउन थालेका छन्। 

आहरा र पानीका लागि बस्ती नजिक आउने रतुवा, मृगलगायत वन्यजन्तु खोज्दै मानव बस्तीमा पुग्ने चितुवाले मानिस र घरपालुवा जनावरलाई आक्रमण गर्न थालेका बताइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.