नयाँ नागरिकता ऐन अनुसार पर्सामा पहिलो दिन १२१ जनाले लिए नागरिकता

नयाँ नागरिकता ऐन अनुसार पर्सामा पहिलो दिन १२१ जनाले लिए नागरिकता
सुन्नुहोस्

वीरगन्ज : नेपाल नागरिकता (पहिलो संशोधन) ऐन २०७९ लागू भएपछि जिल्ला प्रशासन कार्यालय पर्सामा वंशजको नागरिकता लिने जन्मसिद्ध नागरिकका सन्तानहरूको भीड बढेको छ।  

नयाँ नागरिकता ऐन अनुसार पहिलो दिन पर्साबाट जन्मसिद्ध नागरिकका १ सय २१ जना सन्तानले वंशजको नागरिकता लिएका छन् भने नागरिकता प्राप्तिका लागि हालसम्म ३ हजार ६ सयभन्दा बढीले आवेदन दिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए। 

जिल्ला प्रशासन कार्यालय पर्साबाट पहिलो दिन आइतबार जन्मसिद्ध नागरिकका सन्तान १ सय २१ जनाले बंशजको नागरिकता प्राप्त गरेको कार्यालयका प्रवक्तासमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए। 

लामो समयदेखि अड्किएको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भई राजपत्रमा प्रकाशित भएपनि जेठ १६ गते सर्वोच्च अदालतमा रिट परेको थियो। रिट परेपछि सर्वोच्चले अन्तरिम आदेश गरेको थियो। त्यसपछि जेठ ७ मा भएको अन्तिम सुनुवाइमा अन्तरिम आदेश खारेज भएपछि जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता वितरण गर्ने बाटो खुलेको हो। अल्पकालीन आदेश जारी नगर्ने अन्तरिम आदेश जारी गरेसँगै उक्त ऐन कार्यान्वयनमा आएको हो।

नयाँ नागरिकता ऐन अनुसार आइतबारबाट जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता वितरण गर्न सुरु गरिएको पौडेलले बताए। नागरिकता लिनेहरूको भीडलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय पर्साले अनलाइन टोकन प्रणालीबाट सेवा दिन सुरु गरेको पौडेलले बताए।

'सेवाग्राहीहरूलाई कार्यालयमै आएर लाइन लागि पालो कुर्नुपर्ने झन्झट नहोस् र सास्ती तथा हैरानी खेप्न नपरोस् भन्नका लागि अनलाइन टोकन प्रणालीबाट सेवा दिन थालिएको हो,' पौडेलले भने। 

अनलाइनबाटै टोकन लिएर सोही टोकनमा उल्लेख भए बमोजिमको मितिमा आएर सेवा लिन सक्ने सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। उनका अनुसार सेवाग्राहीले जिल्ला प्रशासन कार्यालय पर्साको वेबसाइटमा गएर अनलाइन टोकन लिन सक्नेछन्।

सोमबार दिउँसो १ बजेसम्म जिल्ला प्रशासन कार्यालयबाट ३ हजार ६८४ वटा टोकन वितरण भइसकेको पौडेलले जानकारी दिए। 

पर्सा जिल्लामा २०६३ सालमा खटेको नागरिकता टोलीबाट जन्मका आधारमा करीब १३ हजारभन्दा बढीले नागरिकता लिएको पौडेलले बताए। अहिले उनीहरूको छोराछोरी १५ हजारभन्दा बढी भएको र त्यही संख्यामा उनीहरूलाई बंशजको नागरिकता वितरण हुने अनुमान गरिएको पनि उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.