घरको ढलान भत्काउँदा पर्खालले किचेर ३ जना घाइते

घरको ढलान भत्काउँदा पर्खालले किचेर ३ जना घाइते
सुन्नुहोस्

विराटनगर : मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा घरको ढलान भत्काउने क्रममा अचानक ढलेको पर्खालले किचेर मंगलबार बिहान ३ जना घाइते भएका छन्। 

घरको ढलान भत्काउनका लागि परिचालन गरिएका मजदुरहरू पर्खालले किचेर घाइते भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए। 

उनका अनुसार पर्खालले किच्दा पथरीशनिश्चरे–१ का २४ वर्षीय अभिशेख झा, पथरीशनिश्चरे–२ का २५ वर्षीय अर्जुन मल्लिक र पथरीशनिश्चरे–३ का २८ वर्षीय उमेश श्रेष्ठ घाइते भएका छन्। 

घाइते ३ जनालाई नै उपचारका लागि विराटनगरको नोवेल शिक्षण अस्पताल विराटनगर ल्याइएको छ। घाइतेको अवस्था मध्यम रहेको जानकारी डीएसपी भण्डारीले दिए। 

उनका अनुसार केही व्यक्तिहरू मिलेर जग्गाको प्लटिङ गरेको र प्लटिङ गरेको ठाउँमा एउटा पुरानो घर रहेको पाइएको छ। जग्गा खाली गर्न घरको ढलान भत्काउने क्रममा मुनिको पर्खाल भत्किएर बिहान ८:३० बजेतिर घटना भएको उनले बताए। प्रहरीले जग्गा प्लटिङ गर्नेहरूको पहिचान खुलाएको छैन। घर भत्काउने ठेक्का लिने ठेकेदार भरत भण्डारी हुन्। 

घाइतेको उपचार ठेकेदार भण्डारीले गराइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनाको अनुसन्धान सुरु गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.