सडक फराकिलो बनाउन घर भत्काउने घरधनीलाई सम्मान

सडक फराकिलो बनाउन घर भत्काउने घरधनीलाई सम्मान
सुन्नुहोस्

धनगढी : धनगढीको मुख्य नगरक्षेत्रमा पर्ने कैलाली पुलदेखि हुलाकी सडकसम्म ४३८ जनालाई धनगढी उपमहानगरपालिकाले सम्मान गरेको छ।

२ किलोमिटर सडक चौडा पार्न आफ्नो घर भत्काएर उपमहानगरलाई सहयोग गर्ने उनीहरूलाई उपमहानगरले सम्मान गरेको हो।

उपमहानगरपालिकाले एक कार्यक्रमको आयोजना गरी धनगढी नगरको सडक विस्तारका लागि ३० मिटरको ‘राईट अफ वे’ भित्र परेको संरचना हटाउने घरधनीहरूलाई फूलमाला र कदरपत्रसहित सम्मान गर्‍यो। 

प्रदेशका भौतिक पूर्वाधारमन्त्री प्रकाश बहादुर देउवा र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामीले घरधनीलाई सम्मानित गरे। गोपाल हमालले स्वतन्त्रमा मेयर जितेपछि धनगढीको कैलाली पुलदेखि क्याम्पस चोकसम्मको सडकको ‘राईट अफ वे’ भित्र परेको घरहरू भत्काउने अभियान सुरु गरेका थिए। 

यसअघिमा मेयर नृपबहादुर ओडले ‘राईट अफ वे’ भित्रका संरचना हटाउन नसकेपछि उनले त्यसको चौडाई घटाएर २४ मिटर गरिदिएका थिए। 

धनगढी प्रदेशको अस्थाई राजधानी पनि हो। यहाँ ९ वटै जिल्लाका सवारीको चाप छ। भीआईपी आएका दिन सडक जाम हुन्छ भने विद्यालय र कार्यालय समयमा पनि सडकमा घण्टौंसम्म जाम लाग्ने ग‍र्छ। धनगढी चौराहादेखि मनेहरासम्मको झण्डै चार किलोमिटरको मुख्य सडकमा कैलालीपुलदेखि क्याम्पस चोकसम्मको सडकका संरचना हटाउने ४३८ जनालाई सम्मानित गरिएको हो। 

क्याम्पस चोकदेखि मनेहरासम्म हुलाकी सडक निर्माण भइसकेको छ। त्यहाँका संरचना यसअघि नै हटाईएका थिए भने कैलाली पुलदेखि पश्चिम चौराहासम्मको सडक एसियाली विकास बैंकको ऋण लगानीमा क्षेत्रीय शहरी विकास आयोजनाले निमार्ण गरिरहेको छ। 

त्यो सडकको पनि ‘राईट अफ वे’ घटाएर २४ मिटर बनाइएकोमा मेयर हमालले त्यसलाई पनि ३० मिटर बनाइसकेका छन्।

‘सडक नभए समृद्धि नै हुँदैन, विकास नै हुँदैन। जाम त्यतैकै हुने। दुर्घटना पनि भई नै राख्ने। त्यसैले सडक फराकिलो होस भनेर आफैले संरचना भत्काएका हौं’ धनगढी उपमहानगरपालिका वडा नम्बर १ की समा लामाले भनिन। 

उनले आफ्नो ढाई धुर जग्गा सडकमा गएको बताइन। धनगढीकै गोपाल दाहालले पनि उपमहानगरले संरचना भत्काएपछि सम्मान गरेकोमा खुसी ब्यक्त गरे। ‘३० मिटरको सडकले पनि पुग्दैन। हामीले भौतिक संरचना भावि पुस्ताका लागि सोचेर बनाउने हो। यसपाली मेयर सापले चार लेनको सडक बनाउँछु, साइकल लेन र पैदलयात्रीका लागि पनि फुटपाथ बनाउनु भन्नु भएको छ। हामीले स्वःस्फूर्त रुपमा संरचना हटाएका छौं, त्यो मेयर सापको सक्रियताका कारण देखेर हो’ दाहालले भने।

संरचना हटाइएकै स्थानमा चारलेन सडकको शिलान्यास 

नगरवासीले संरचना हटाएको क्षेत्रको सडक निर्माण पनि हुने भएको छ। कैलाली पुलदेखि क्याम्पसचोक सम्मको चार लेन सडकको मंगलबार प्रदेशका भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवा र उद्योग पर्यटन  वन तथा वातावरण मन्त्री रमेश सिंह धामीले संयुक्त रूपमा शिलान्यास गरे। 

उपमहानगरपालिकाले संरचना हटाउनुअघि त्यो सडक निर्माणका लागि स्रोत सुनिश्चितता मागेपछि यसअधिका मुख्यमन्त्री त्रिलोचन भट्टको पालामा प्रदेश सरकारले त्यस सडकका लागि ६० करोड रकम विनियोजन भएको थियो। त्यस सडकको धनगढीकै के एस कन्सट्रक्सनले ५१ करोड ६९ लाखमा ठेक्का पाएको छ।

के एस कन्सट्रक्सनले २०८० को वैशाख २७ गते २४ महिनाभित्र काम सक्ने गरी ठेक्का सम्झौता गरेको हो। बीचमा डिभाईडरसहित चार लेनको उक्त सडकमा, दुवैतर्फ नाली, फुटपाथ र साइकल लेनको पनि डिजाइन गरिएको छ। 

मेयरमा जितेपछि हमालले धनगढीलाई प्लाष्टिकमुक्त बनाइसकेका छन् भने खोलानालाको अतिक्रमण हटाउने अभियान जारी छ। उनले उज्यालो धनगढी अभियानअन्तर्गत ६ लेन सडकमा स्ट्रिट लाईट जडान गरिसकेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.