दोहोरो नागरिकता बनाएको आरोपमा नेपाली नागरिक भारतमा पक्राउ

दोहोरो नागरिकता बनाएको आरोपमा नेपाली नागरिक भारतमा पक्राउ

झापा : दोहोरो नागरिकता बनाएको आरोपमा एक नेपाली नागरिक भारतमा पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा झापा निवासी ३३ वर्षीय गोपाल खडका रहेको भारतीय प्रहरीले जनाएको छ। भारतीय प्रहरीले उनलाई डीआईबी कार्यालय नक्सलबाड़ीबाट पक्राउ गरेको हो। 

काँकडभिट्टा–पानीटंकी नाका हुँदै खड्का भारतीय पासपोर्ट प्रमाणीकरण गराउन नक्सलबाड़ी गएका थिए। 

खड्कामाथि शङ्का लागेर प्रहरीले थप चेकजाँच गर्दा उनले नेहाल राउतिया नामबाट भारतीय आधार र भोर्टस कार्ड लगायतका कागजात बनाएका फेला पारियो। 

साथै उनको नामको नेपाली नागरिकता र पासपोर्ट समेत फेला परेको थियो। दोहोरो नागरिकता बनाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि सिलगुडी अदालत पेस गरिसकेको भारतीय सञ्चारमाध्यमले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.