झापामा १५ सय हेक्टर वन अतिक्रमण

झापामा १५ सय हेक्टर वन अतिक्रमण
फाइल तस्बिर।
सुन्नुहोस्

यस्तै सतासीधाममा २७ दशमलव ७२, लखनपुरमा एक सय ११, दमकमा ११ दशमलव पाँच, पृथ्वीनगरमा दुई र राजगढमा २६ दशमलव पाँच हेक्टर वनको जग्गा अतिक्रणमा परेको छ ।

झापा : झापामा एक हजार पाँच सय ५०  हेक्टर वन अतिक्रमण गरिएको छ । जिल्लाका १४ स्थानमा रहेका विभिन्न वनको जग्गा अतिक्रमण गरिएको हो । 

डिभिजन वन कार्यालयका सूचना अधिकारी अञ्जना पुरीका सबैभन्दा बढी खुदुनाबारीमा आठ सय हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । शान्तिनगरमा चार सय २१, बाहुनडाँगीमा १५ दशमवल ५५, मेचीनगरमा ३९, धाइजनमा ३३ दशमलव १३, बुधबारेमा १३, शनिश्चरेमा १८, अर्जुनधारामा १९ र सुरुङ्गामा १० हेक्टर वन अतिक्रमणमा परेको पुरीले बताए। 

यस्तै सतासीधाममा २७ दशमलव ७२, लखनपुरमा एक सय ११, दमकमा ११ दशमलव पाँच, पृथ्वीनगरमा दुई र राजगढमा २६ दशमलव पाँच हेक्टर वनको जग्गा अतिक्रणमा परेको छ । 

झापाका दुई स्थानमा अतिक्रमित वनको जग्गा खाली गराइएको छ । भद्रपुर नगरपालिका र कचनकवल गाउँपालिकामा अतिक्रमित वनको जग्गा खाली गराइएको डिभिवन वन कार्यालयका सहायक वन अधिकृत ऋषिराम पराजुलीले जानकारी दिए।  रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.