नुवाकोटमा बाल विकासका शिक्षक आन्दोलित

नुवाकोटमा बाल विकासका शिक्षक आन्दोलित
सुन्नुहोस्

नुवाकोट : नुवाकोटमा बाल विकासका शिक्षक धर्नामा बसेका छन्। सेवा सुविधाको माग गर्दै उनीहरु स्थानीय तह विरुद्ध आन्दोलित भएका हुन्। 

विदुर नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत बाल विकास शिक्षकले नगरपालिका अगाडि मुल ढोकामा धर्ना दिएका छन्। सामुदायिक विद्यालयमा कार्यरत बालविकास शिक्षिकाहरुले तोकिएको पारिश्रमिक उपलब्ध गराउन माग गरिरहेका छन्। आफ्नो माग सुनुवाई नभएको उनीहरुको गुनासो छ। 

वार्षिक नीति, कार्यक्रम तथा  बजेटमा मागको सुनुवाई नगरेको भन्दै उनीहरु आन्दोलित हुनु परेको बताएका छन्। सरकारले निर्धारण गरेको तलब उपलब्ध गराउन उनीहरुले माग गरेका छन्। माग पूरा नहुञ्जेलसम्म चरणबद्ध आन्दोलनका कार्यक्रमहरु अगाडि बढाउने नेपाल राष्ट्रिय प्रारम्भिक बाल विकास नुवाकोट विदुर नगर कार्यसमितिले जनाएको छ। 

तोकेको न्यूनतम पारिश्रमिक १७ हजार नदिएपछि धर्ना बस्न बाध्य भएको समितिकी अध्यक्ष भगवति खनालको भनाइ छ। सरकारले तोकेको पारिश्रमिक नपाएको भन्दै आफूहरु आन्दो्लित हुनु परेको उनले बताइन्। 

विदुर नगरमा ६० सामुदायिक विद्यालयका बालविकासका शिक्षिकाहरु कार्यरत छन्। नेपाल सरकारले गत आर्थिक वर्ष २०७८-०७९ को बजेटमार्फत बाल शिक्षककको तलब १५ हजार बनाउने निर्णय गरेको थियो। नेपाल सरकारबाट साढे सात हजार र सम्बन्धित स्थानीय तहले त्यति नै रकम थप गरेर दिने निर्णय गरेको थियो।

विदुर नगरपालिकाले पनि आर्थिक स्रोत नपुगेको भन्दै आइतबार सार्वजनिक गरिएको बजेटमा बाल शिक्षकहरुको तलब थप गरेको छैन। विदुर नरपालिकाले भने गत आर्थिक वर्षमा आर्थिक स्रोतको सुनिश्चितता नभएको भन्दै पाँच हजार मात्रै थप गरेको थियो। 

नगरपालिकाले आगमी आर्थिक वर्षबाट २ हजार बढाउने आश्वासन दिएको तर बजेटमा बालविकास शिक्षकका विषयमा सम्बोधन नगरेको उनीहरुको गुनासो रहेको छ। पछिल्लो समय नुवाकोटका १२ स्थानीय तहमामात्रै तीन हजार भन्दा बढी बाल शिक्षकहरु कार्यरत छन्। 

बाल विकास शिक्षकहरुले भने आफूहरुले प्रावि शिक्षकले पाउने सरहको सेवा सुविधा माग गर्दै आएको भए पनि नेपाल सरकारले यस विषयमा निर्णय गरेको छैन। कतिपय बालशिक्षकहरु २० औं वर्षदेखि कार्यरत भएको र आफूहरुमाथि अन्याय भएको र अन्य कुनै पनि सेवा सुविधा नभएकोले अपहेलित भएको उनीहरुले गुनासो गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.