बजेटमाथि सांसदले उठाएका प्रश्नको प्रधानमन्त्रीले आज जवाफ दिने

बजेटमाथि सांसदले उठाएका प्रश्नको प्रधानमन्त्रीले आज जवाफ दिने
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : प्रतिनिधिसभा आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदले उठाएका प्रश्नको जवाफ दिने भएका छन्। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत सांसदले उठाएका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूचीमा उल्लेख छ।

संसद सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्डले विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरुमाथिको छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिनेछन्।

यस्तै बैठकले सभामुखले विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न मन्त्रालयहरुको विभिन्न शीर्षकहरुमा सांसदबाट प्रस्तुत खर्च कटौतीका प्रस्तावहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ। आजको बैठकले बजेट पास गर्ने भएकाले कांग्रेस र माओवादी केन्द्रले ह्वीप जारी गरिसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.