नक्कली भुटानी शरणार्थी प्रकरण इतिहासकै ठूलो अनुसन्धान र उपलब्धि हो : प्रधानमन्त्री प्रचण्ड

नक्कली भुटानी शरणार्थी प्रकरण इतिहासकै ठूलो अनुसन्धान र उपलब्धि हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरण इतिहासकै ठूलो अनुसन्धान भएको बताएका छन्। बुधबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले नक्कली भुटानी शरणार्थी काण्ड इतिहासकै ठूलो उपलब्धि  भएको दाबी गरेका हुन्।

प्रचण्डले भने,‘हाइ प्रोफाइलका व्यक्ति कानुनभन्दा माथि छन् भन्ने आम मनोविज्ञान बनिरहेको थियो। त्यसले जनतामा आक्रोस जन्माइरहेको थियो। नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले गरेको अनुसन्धान र कारबाहीपछि जनतामा आशा र विश्वास जागेको छ।’ 

प्रधानमन्त्री प्रचण्डले यस प्रकरणमा सरकारले कानुनको सर्वोच्चता मात्र नभई लोकतन्त्रको सर्वोच्चता कायम गर्न सफल भएको बताए। उनले उच्च पदस्थहरु  देशको व्यक्ति कानुनभन्दा माथि छ भन्ने मान्यता गलत प्रमाणित भएको उल्लेख गरे।

‘नक्‍कली भुटानी शरणार्थी काण्‍डको सफल अनुसन्धानबाट सरकारले कानुनको सर्वोच्चतामात्र प्रमाणित गरेको छैन, लोकतन्त्रको सर्वोच्चता पनि स्थापित गरेको छ। उच्च पदस्थहरू र देशको एउटा वर्ग कानुनभन्दा माथि छ भन्‍ने निराशावादी मान्यता गलत प्रमाणित भएको छ। यो काण्डको सफल अनुसन्धानसँगै अब लोकतन्त्रको सर्भिसिङ र शुद्धीकरण सुरु भएको छ।’प्रचण्डले भने,‘संसद र आमजनसमुदायलाई म यही रोस्टमबाट विश्‍वास दिलाउँछु, यो शुद्धीकरण अब रोकिने छैन। हिजोबाट प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवास काण्डका अभियुक्तहरू पक्राउ पर्न थालेका छन्। मिटरब्याजी र सहकारीका ठगहरूमाथि कारवाही सुरु भइसकेको छ। वर्षौंदेखिको विकृतिको डुंगुर सफा गर्ने सुशासनको यो लडाईमा मलाई संसद र जनताको अझ धेरै समर्थन चाहिएको छ। बेथितिको दुष्चक्र नभत्काएसम्म न देश अघि बढ्नेछ, न लोकतन्त्र। म संकल्प गर्छु, कुनै पनि मूल्यमा विकृतिको यो डुंगुर भत्काइ छाडिनेछ। ’ 

उनले सबै जसो आर्थिक सूचक सकारात्मक दिशामा अगाडि बढेको जानकारी दिए। उनले विप्रेषण र पर्यटक नेपालमा बढ्दै गएको उल्लेख गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.