प्रधानमन्त्री र संयुक्त राष्ट्र संघका उपमहासचिव लाक्रोइसबीच भेटवार्ता

प्रधानमन्त्री र संयुक्त राष्ट्र संघका उपमहासचिव लाक्रोइसबीच भेटवार्ता
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र संयुक्त राष्ट्रसंघको शान्ति कार्य विभाग हेर्ने उपमहासचिव जिन पियरे लाक्रोइसबीच भेटवार्ता भएको छ। बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र लाक्रोइसबीच भेटवार्ता भएको हो। 

प्रधानमन्त्रीको सचिवालका अनुसार भेटमा संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनामा नेपालको योगदान र नेपाल–संयुक्त राष्ट्र साझेदारीमा केन्द्रित रहेको छ। प्रचण्डले संयुक्त राष्ट्रसंघका वडापत्र र सिद्धान्तप्रति नेपाल सरकार प्रतिबद्ध रहेको बताउँदै नेपाल सरकारका प्रतिबद्धताहरू संयुक्त राष्ट्रसंघका महासचिव समक्ष पुर्‍याइदिन आग्रह गरेका छन्। 

द्वन्द्वग्रस्त मुलुकमा संकट व्यवस्थापनको लागी नेपाली सेनाले खेलेको अग्रणी भूमिकाप्रति उपमहासचिव लाक्रोइसले प्रचण्डसमक्ष विशेष धन्यवाद समेत दिएका छन् । उनीहरुबीच आगामी दिनमा गर्ने सहकार्यका क्षेत्रबारे समेत छलफल भएको बताइएको छ।

 नेपाल सरकारले आगामी दिनमा ६ हजारबाट बढाएर १० हजार सैनिक शान्ति मिसनमा पठाउने तयारी समेत थालेको छ। विश्व शान्तिमा नेपालको सहभागिता अत्यन्तै ठूलो भए पनि नेतृत्व तहमा शून्यप्राय: छ। नेपाली फोर्स विश्व शान्तिमा खटिने छैटौं ठूलो हो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.