प्रधानमन्त्री प्रचण्डको दाबी - वैदेशिक रोजगारीलाई झन्झट र विचौलियामुक्त बनाइएको छ

प्रधानमन्त्री प्रचण्डको दाबी - वैदेशिक रोजगारीलाई झन्झट र विचौलियामुक्त बनाइएको छ
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीलाई झन्झट र विचौलियामुक्त बनाइएको बताएका छन्। बुधबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले  श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका क्रममा श्रमिकहरूले झेल्दै आएको सास्ती अन्त्य भएको दाबी गरेका हुन्।

प्रचण्डले भने,‘पूरै अवधिका लागि श्रम स्वीकृति प्रदान गर्ने र पुनः श्रम स्वीकृतिका लागि नेपाल आउनुपर्ने बाध्यताको अन्त्य भई विदेशबाट नै अनलाइन प्रणालीबाट स्वीकृति प्राप्त हुने व्यवस्था मिलाइएको छ। यसै गरी  ७ सय ५३ वटै स्थानीय तहका रोजगार सेवा केन्द्रमार्फत श्रम स्वीकृतिसम्बन्धी सेवा प्रदान गरिएको छ।’ 

उनले वैदेशिक रोजगारीको क्रममा मृतकका कामदार परिवारलाई करिब ५८ करोड रुपैयाँ उपलब्ध गराइएको सदनलाई जानकारी गराए। ‘यो अवधिमा वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका १०९४ जना मृतकका कामदार परिवारलाई करिब ५८ करोड रुपैयाँ उपलब्ध गराइएको छ। अंगभंग भएका ३१२ कामदारलाई ९ करोड रुपैयाँ वितरण गरिएको छ। प्रचण्डले भने,‘यसबीचमा  विदेशी भूमिमा समस्यामा परेका १५६ जना नागरिकको उद्धार गरिएको छ। रोजगारीका क्रममा अशक्त भएका भएका कामदारका सन्ततिलाई छात्रवृत्तिस्वप २ करोड ३३ लाख ७४ हजार रुपैयाँ उपलब्ध गराइएको छ।’ 

उनले अहिले राहदानी विभागअगाडि कुनै भिड नदेखिने बताए। उनले भने, ‘राहदानी लिन त्यस्तै सकस थियो। बिचौलियालाई हजारौं तिरेर र हप्तौं लाइन बसेर ठूलो प्रतीक्षापछि मात्र राहदानी हात पर्थ्यो। अहिले राहदानी विभागअगाडि कुनै भिड देखिँदैन। आवेदन दिन अब कुनै विचौलिया चाहिँदैन, आफ्नै मोबाइलबाट चौबीसै घन्टा आवेदन दिन सकिन्छ। पहिल्ला सात महिनामा मात्रै १८ लाख चार सय ३१ विद्युतीय राहदानी वितरण भएको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.