रवि लामिछानेको सांसद् पदयोग्यतासम्बन्धी परेको रिट खारेज
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ । संवैधानिक इजलासले लामिछानेविरुद्ध परेको रिट खारेज गरेको हो । युवराज पौडेल सफलले निर्वाचन आयोगलाई विपक्षी बनाएर लामिछानेको योग्यतामाथि प्रश्न उठाउँदै रिट दायर गरेका थिए ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्की,न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ,डा.आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्ल सम्मिलित इजलासले सो फैसला गरेको हो।