तेस्रो लिंगीहरूको दुखेसो- बाँच्नकै लागि यौन पेसा अंगाल्नुपरेको छ

तेस्रो लिंगीहरूको दुखेसो- बाँच्नकै लागि यौन पेसा अंगाल्नुपरेको छ
सुन्नुहोस्

वीरगन्ज : समाजले नस्वीकारकै कारण बाध्य भएर यौन पेसामा लाग्नु परेको तेस्रो लिंगीहरूले दुखेसो पोखेकेका छन्। यौन पेसामा लाग्दा प्राणघातक विभिन्न रोगको सिकार पनि बन्ने गरेको गुनासो उनीहरूको छ।  

यौनिक तथा लैंगिक अल्पसंख्यकको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्था सहयात्री समाज नेपालका अनुसार पर्सामा समाजमा खुलेर आएका तेस्रो लिंगीको संख्या ५ सयभन्दा बढी छ। समाजमा खुलेर नआउनेहरूको संख्या भने अझ त्योभन्दा बढी नै रहेको सहयात्री समाज नेपाल पर्साका कार्यक्रम संयोजक सुरज लिम्बुले बताए। 

तीमध्ये व्यवसायिकरूपमै यौन पेसामा करिब २ सयको हाराहारीमा संलग्न छ। तर हालः आफू यौन पेसामा रहेको खुलेरै बताउनेहरूको संख्या भने १०-१२ जनामात्रै रहेको लिम्बुले बताए। 

समाज र घरपरिवारले समेत पहिचान नस्वीकारेकाले तेस्रो लिंगीहरू जीवन गुजारा गर्नैका लागि काम वा जागिर माग्न जाँदा तेस्रो लिंगी भएकै कारण जागिर नपाएपछि बाध्य भएर कतिपय तेस्रो लिंगीहरू यौनकर्मी बन्न बाध्य हुने गरेको तेस्रो लिंगी महिला सन्जुले बताइन्। 

उनले थपिन्, ‘अझै पनि हामीलाई एक त आफ्नै घरपरिवारले नै स्वीकार्दैन। समाजमा पनि छक्का हिजडाँ भनेर हेला गर्छन्, बाँच्नका लागि काम गर्नुपर्ने नै हुन्छ तर जागिर माग्न जाँदा तेस्रो लिंगी भन्दै काम दिँदैनन्। कतिपय साथीहरू बाँच्नकै लागि गलत भए पनि बाध्य भएर यौन पेसा अगाँल्छन्।'

त्यस्तै दीपिका भन्छिन्, ‘ठूला आलीशान होटलमा हुने गोष्ठी-सेमिनारमा जसले यौन पेसा गलत हो, यसले समाज बदनाम हुन्छ, यौन पेसा छोड्नुस्, अरु काम वा जागिर गर्नुस् भनेर भाषण गर्छन्, ती भाषण गर्ने व्याक्तिकै संस्था वा फर्ममा काम माग्न जादाँ तेस्रो लिंगी भनेर होच्याउँछन्।'

सहयात्री समाजमा कार्यरतसमेत रहेकी दीपिका यौन पेसामा लागेका तेस्रो लिंगीहरूलाई उक्त पेसा छाडेर अरु कुनै काम गर्न आफूहरूले निरन्तर काउन्सिलिङ गर्दै आएको बताइन्। ‘तर उनीहरूले कि त हामीलाई अरु कुनै काम वा जागिर खोजिदेऊ होइन भने बाँच्नका लागि कुनै आधार देऊ भन्छन्। हामी रहरले होइन बाध्यताले यौनकर्मी बन्नु परेको पनि बताउँछन्,' उनले भनिन्। 

तेस्रो लिंगी महिलाहरू रहरले नभइ जीवन गुजारा गर्न अन्य विकल्प नपाएर नै यौनकर्मी बन्ने गरेको सहयात्री समाज नेपाल पर्साका संयोजक लिम्बु पनि स्वीकार्छन्। नेपालमै काठमाडौंपछि पर्सामा सबैभन्दा बढी तेस्रो लिंगीको संख्या रहेको उनले बताए। 

अधिकांश तेस्रो लिंगीहरू विभिन्न विहे, भोजभेतरजस्ता उत्सव र समारोहमा हुने आर्केष्टा (नाँचगान) समूहमा काम गरेर जीवन गुजारा गरिरहेको लिम्बुले बताए। 'पर्सामा समाजमा खुलेर आएका ५ सयभन्दा बढी तेस्रो लिंगीगी छन्। उनीहरूमध्ये ६ जनाले मात्रै सहयात्री समाजमा जागिर पाएका छन्। अरु सबै जना काम वा जागिर नपाएकाले कि त आर्केष्टामा नाचेर जीवन गुजारा चलाइरहेका छन्। कि त बाध्य भएर कतिपय यौनकर्मी बनेका छन्,' उनले भने। 

त्यस्तै ममताले प्रहरीबाट पनि आफूहरू दुर्व्यवहारमा पर्ने गरेको दुखेसो पोखिन्। 'म यौनकर्मी होइन तर विहे भोजभतेरमा हुने आर्केष्टामा नाचेर अबेरराति घर वा डेरामा फर्किँदा बाटोमा भेटिने प्रहरीले यौनकर्मी होस् भनेर गाली गर्छन्। नराम्रो बचन लगाउने गर्छन्,' उनले भनिन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.