बर्दियाको मधुवनमा गोरक्षनाथ मन्दिर शिलान्यास
![बर्दियाको मधुवनमा गोरक्षनाथ मन्दिर शिलान्यास](https://annapurnapost.prixacdn.net/media/albums/goraxya_nath_1POsMgMjbM_Ci3UzoW4QH.jpg)
गुलरिया : बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ९ धर्मवस्तीस्थित दुर्गा मन्दिर परिसरमा गोरक्षनाथको मन्दिर निर्माणका लागि शिलान्याश तथा भूमिपूजन गरिएको छ। लुम्बिनी प्रदेसका संसद जन्मजय तिमिल्सिनाले मन्दिरको शिलान्यास गरेका छन्।
गोरक्षपीठका प्रमुख महन्त योगी शिर्षनाथको समुपस्थितीमा मन्दिर निर्माणको शुभारम्भसँगै भुमिपूजन गरिएको गोरक्षनाथ मन्दिर निर्माण समितिका अध्यक्ष विवश सिग्देलले बताए। कूल २ करोड ५४ लाख ४३ हजार ९१८ रुपैयाको अनुमानित लागतमा निर्माण गर्न लागिएको मन्दिर संघ, प्रदेस, स्थानिय सरकार, संघ, संस्था लगायत श्रद्धालुहरूको सहयोग रहने बताइएको छ।
जिल्लामा निर्माण गरिन लागेको गोरक्षनाथको मन्दिर पहिलो हो। मन्दिर सँगसँगै आश्रम, धर्मशाला, पाठशाला, भजन गृह समेत निर्माण हुने अध्यक्ष सिग्देलको भनाइ छ। महर्षी दिपक प्रतिष्ठान, स्थानिय वडा, दुर्गा मन्दिर समितिलगायतले गोरक्षनाथ मन्दिर निर्माणमा सहकार्य गर्ने भएका छन्। कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेसका संसद जन्मजय तिमिल्सिनाले मन्दिर निर्माणका लागि प्रदेस सरकारबाट सहयोग उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरेका छन्।
मधुवनको बिकासको लागि स्थानीयहरू एकजुट भएर लाग्नुपर्ने बताउँदै नेता तिमिल्सिनाले मन्दिर निर्माण कार्यलाई छिट्टै सम्पन्न गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिएका छन्। धार्मिक अनुष्ठानका विशेष अतिथि गोरक्षपीठका प्रमुख महन्त योगी शीर्षनाथले योगी नरहरि नाथले देखाएको बाटो सबैले अवलम्बन गर्नुपर्ने बताए। मन्दिर निर्माणका लागि सहयोग गर्न सबैलाई उनले अनुरोध गरेका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)