डिम्याट खाता खोल्न गाउँपालिकाको आह्वान
दोलखा : माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सेयर अभौतिकरण गर्न विगु गाउँपालिकाले आग्रह गरेको छ। गाउँपालिकाभित्रका धेरै स्थाद्दियले अझै पनि सेयर अभौतिकरण नगरेको कारण गाउँपालिकाले आग्रह गरेको हो।
माथिल्लो तामाकोशी जलोीद्युत आयोजनाले छिट्टै निष्काशन गर्न लागेको हकप्रद सेयरका लागि सेयरधनीले अनिवार्यरूपमा डिम्याट खाता खोली सेयर अभौतिकीकरण गर्नु पर्नेहुन्छ।
आयोजनाले हकप्रद सेयर निष्काशनको तयारी अन्तिम चरणमा पर्याएसँगै विगु गाउँपालिकाले सेयर अभौतिकरण गर्न सुलभ मूल्यमा डिम्याट खाता, मेरो सेयर र टिएमएस खोल्नका लागि घर आगनमै पुगी सेवा उपल्ब्ध गराउन इच्छुक संस्थालाई कम मूल्यमा सेवा उपल्ब्ध गराउन २०८० साल जेठ १० गते सूचना प्रकाशन गरेको थियो।
सबैभन्दा कम मूल्यमा अभौतिकरणका सेवा उपल्ब्ध गराउन प्रगतिशिल युवा समूह विगु दोलखाले सबैभन्दा कम चारसय पचास रुपैँया मूल्य प्रस्ताव गरेकोले सोही संस्थालाई गाउँपालिका भित्रका इच्छुकको सेयर अभौतिकरण गर्न सहजीकरण गर्न जिम्मेवारि दिइएको गाउँपालिकाकी उपाध्यक्ष देवीका थामीले जानकारी दिइन्। सबैभन्दा कम मूल्यमा सेवा उपल्ब्ध गराउन प्रस्ताव गर्ने प्रगतिशिल युवा समूहसँग स्थानीयले सम्झौता गरी सेवा लिनसक्ने उनको भनाइ छ।