जीतपुरसिमरा उपमहानगरपालिकाले ल्यायो दुई अर्ब दुई करोडको बजेट

जीतपुरसिमरा उपमहानगरपालिकाले ल्यायो दुई अर्ब दुई करोडको बजेट
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

सिमरा : जीतपुरसिमरा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि झण्डै दुई अर्ब दुई करोडको बजेट ल्याएको छ । आठौं नगरसभाको दोस्रो बैठकमा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले दुई अर्ब एक करोड ८० लाख ४८ हजारको बजेट प्रस्तुत गरेका हुन् । 

उपप्रमुख अधिकारीले प्रस्तुत गरेको बजेट र विनियोजन ऐन नगरसभाको बैठकले पारित गरेको छ । असार २ गते नगर प्रमुख राजन पौडेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा रहेर उपप्रमुख अधिकारीले बजेट ल्याएका हुन् । 

उपप्रमुख अधिकारीले आगामी वर्षका लागि आन्तरिक स्रोततर्फ ४२ करोड चार लाख,राजश्व बाँडफाँडतर्फ ३९ करोड ७३ लाख, वित्तिय समानिकरण अनुदानको २८ करोड ७५ लाख, संघ र प्रदेशबाट प्राप्त हुने सशर्त, समपुरक र विशेष अनुदानतर्फ ५९ करोड १८ लाख गरी एक अर्ब ७० करोड आयको अनुमान गरेका छन् । 

अनुमानित आयभन्दा आगामी आर्थिक वर्षको बजेट ३१ करोड बढी छ । नगरसभामा बजेट प्रस्तुत गर्दै अधिकारीले अनुमानित आय भन्दा बढी देखिएको ३१ करोडको घाटा पूर्ति हुने गरी स्रोतको खोजी गरिने बताएका छन् । 

उपप्रमुख अधिकारीले शिक्षा, स्वास्थ्य,कृषि,भूमि, खेलकुद,पूर्वाधार,सशुासनसहित युवा,महिला,बालबालिका, वृद्धवृद्धालाई समेटेर बजेट विनियोजन गरेको बताएका छन् । समाजको सबै क्षेत्रलाई समेटेर ल्याइएको बजेटले समृद्ध उपमहानगर निर्माण गर्ने अभियानमा सहयोग पुग्नेमा आफू आशावादी रहेको बताए । 

उपप्रमुख अधिकारीले नगरबासीको चाहना र आवश्यकताका थुप्रै योजनालाई आगामी बजेटले सम्बोधन गर्ने प्रयास गरेको बताएका छन् ।  आगार्मी वर्षका लागि वडागत बजेटतर्फ ३३ करोड भन्दा बढी रकम छुट्याइएको छ ।

 भूगोल,जनसंख्याका आधारमा २४ वटा वडालाई ३३ करोड २९ लाख ८० बजेट छुट्याइएको हो । नगरस्तरीय योजनाका लागि ३१ करोड छुट्याइएको छ भने शिक्षातर्फ आठ करोड, स्वास्थ्यतर्फ चार करोड, महिला बालबालिकातर्फ दुई करोड, कृषि तथा पशुपंक्षीतर्फ करिब सात करोड, पूर्वाधारतर्फ पाँच करोड रकम छुट्याइएको छ । 

नगर प्रमुख पौडेलको अध्यक्षतामा सम्पन्न नगरसभाको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले गरेका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.