आन्तरिक विवादका कारण रौतहटमा पाँच स्थानीय तहले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न सकेनन्

आन्तरिक विवादका कारण रौतहटमा पाँच स्थानीय तहले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न सकेनन्
सुन्नुहोस्

रौतहट : स्थानीय तह शासन ऐनअनुरुप आउदो वर्षको नीति,कार्यक्रम तथा योजना छनौट गर्न तोकिएको समय सीमाभित्र रौतहटको पाँचवटा पालिकाले अधिवेशन गर्न सकेनन् । 

आन्तरिक विवाद एवं अन्य कारणले असार १० भित्र रौतहटका ५ वटा पालिकाहरुले नगर तथा गाउँ अधिवेशन गर्न सकेको छैन । माधवनारायण, गढीमाई र फतुवा विजयपुर नगरपालिका तथा दुर्गा भगवती र यमुनामाई गाउँपालिकाले असार १४ गते भइसक्दा पनि अधिवेशन गर्न सकेनन् । स्थानीय तह शासन व्यवस्था ऐनमा असार १० भित्रमा नीति तथा कार्यक्रमहरु पेश गरेर योजनाहरु छनौट गरिसक्नुपर्ने कानुनी प्रावधान छ ।

रौतहटमा रहेका १८ स्थानीय तहमध्ये पाँचवटाले नीति तथा कार्यक्रम ल्याउन नसकेका हुन् । जनप्रतिनिधिबीच आपसी तालमेल नहुनु,आन्तरिक भागबण्डा,तथा अन्य विभिन्न कारण ले ती पालिकाहरुको नीति तथा कार्यक्रम प्ररस्तुत हुन नसकेको हो ।

जिल्लाको १८ स्थानीय तहमध्ये सबैभन्दा पहिलो राजदेवी नगरपालिकाले असार ७ गते अधिवेशन गरेर आफ्ना नीति कार्यक्रम र योजनाहरु पारित गरिसकेको राजदेवी नपाका प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले जानकारी दिए । 

यस्तै मौलापुर, इशनाथ, चन्द्रपुर, वृन्दावन, गुजरा, देवाही गोनाही, बौधीमाई, राजपुर, परोहा, गरुडा नगरपालिकामा असार १० गते नगरअधिवेशन सम्पन्न भईसकेको छ भने असार ११ गते कटहरिया नगरपालिकाले नगरअधिवेशन सम्पन्न गरेको हो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.