सिन्धुलीमा ६ महिनामा १२ बालिका बालात्कृत

सिन्धुलीमा ६ महिनामा १२ बालिका बालात्कृत
सुन्नुहोस्

सिन्धुली : सिन्धुलीमा पछिल्ला दिनहरूमा मानव अधिकार उलंघनका घटनाहरू बढ्दै गएको पाइएको छ ।  बिहीबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सिन्धुलीमाढीमा आयोजना गरेको ‘मानव अधिकार वर्ष पुस्तक–२०२४’ वार्षिक पूर्वसमीक्षा कार्यक्रम सार्वजनिक गरिएको तथ्यांकले यस्तो देखाएको हो । 

तथ्यांक अनुसार जिल्लामा गत पुसदेखि जेठ मसान्तसम्म ६ महिनाको अवधिमा ५३ वटा मानवअधिकार उलंघनका घटनाहरू घटेका छन् । जसमा १२ बालिका बलात्कृत भएका छन् । तीनजना महिलामाथि समेत जबरजस्त बलात्कार भएको छ । एकजनामाथि  बालयौन दुर्व्यवहार भएको छ ।

दुईवटा बहुविवाह, एकवटा बाल विवाह र शारीरिक तथा मानसिक हिंसाका ३३ वटा घटना घटेका घटेको तथ्यांकमा उल्लेख छ।

सन् २०२२ मा जिल्लामा १९ बालिका कलात्कृत भएका थिए । बलत्कार तथा यौनजन्य दुव्र्यवहारका ४२ घटना भएका थिए । सन् २०२१ मा जिल्लामा बलात्कारका जम्मा २६ वटा मात्र घटना घटेका थिए । गत वर्षको तुलनामा यस वर्ष ६ महिनामै बलात्कारका १४ वटा घटना हुनु दुःखद भएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले समिक्षामा बताइन् ।

महिला तथा बालिकाविरुद्ध हुने हिंसालाई हल्का रुपमा लिन नहुने र जिम्मेवार भएर वकालत र न्यायका लागि लाग्नुपर्ने धारणा राखिन् । बलात्कारका अधिकांश घटना पीडितका नजिकका आफन्त र नातेदार संलग्न रहेको पाइएको छ।

बलात्कार तथा यौनजन्य हिंसाका घटनाहरू मुद्दाको प्रक्रियामा गए पनि होस्टाइल हुने क्रम उत्तिकै बढ्दो रहेको जनाइएको छ । समीक्षा कार्यक्रममा अनुसन्धान र कानुन कार्यान्वयन गर्ने निकाय पीडितलाई न्याय र संरक्षण दिन चुकेको अधिकारकर्मीहरुले बताए ।

जिल्ला सहन्यायाधिवक्ता अमृता देवकोटाले मानवअधिकार कतिपय मानवअधिकारसँग सम्बन्धित राज्यका कानुन संशोधनको जरुरी रहेको बताइन् । ‘उच्चस्तरबाटै मानवअधिकार उलंघनका घटना होस्टाइल गराउने काम भएको प्रतिवेदन आउनु दुःखद हो । यस्ता घटनालाई कम गर्न कानुननै संशोधन जरुरी छ,'देवकोटाले भनिन् ।

उता पछिल्लो समय जिल्लामा हिंसामा परेका पीडितहरू उजुरी गर्न आउने क्रम बढेका कारण मानवअधिकार उलंघनका घटनामा वृद्धि भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख राजकुमार सिलवालले बताए । उनले यस्ता घटनामा प्रहरीले गर्ने अनुसन्धानमा कुनै कमजोरी नहुने स्पष्ट पारे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.