सत्तासाझेदार दलले विश्वास फिर्ता लिएपछि अध्यादेशमार्फत बजेट ल्याइयो : मुख्यमन्त्री कार्की

सत्तासाझेदार दलले विश्वास फिर्ता लिएपछि अध्यादेशमार्फत बजेट ल्याइयो : मुख्यमन्त्री कार्की
सुन्नुहोस्

विराटनगर : कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सत्तासाझेदार दलले आफू नेतृत्वको सरकारलाई दिएको विश्वास फिर्ता लिएपछि अध्यादेशमार्फत बजेट ल्याउनु परेको बताएका छन्। 

सत्तासाझेदार दलले समर्थन फिर्ता गरेसँगै संसद (प्रदेशसभा)बाट बजेट ल्याउन नसकिएको बताए। प्रदेशसभा बैठकमा बजेट अध्यादेश पेश गर्ने क्रममा उनले नीति तथा कार्यक्रम संसदमा पेश गरेपनि बजेट अध्यादेशबाट ल्याइएको उल्लेख गरे। 

आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका कार्कीले जेठ ३२ गते अध्यादेशबाट बजेट ल्याएका थिए। अल्पमतमा परेपछि जेठ ३१ गते बजेट अधिवेशन अन्त्य गरेर उनले अध्यादेशबाट बजेट ल्याएका थिए। 

बिहीबारबाट सुरु तेस्रो अधिवेशनको पहिलो बैठकमा उनले बजेट अध्यादेश पेश गरेका हुन्। जेठ ३१ गते नीति तथा कार्यक्रम ल्याएर संविधानको प्रयोग गरेर अध्यादेशबाट बजेट  ल्याइएको उनले बताए।

माओवादी र जसपाले समर्थन फिर्ता लिएपछि कार्की नेतृत्वको सरकार अल्पमतमा परेको थियो। उनले आज विश्वासको मत लिँदैछन्। अहिले संसदलाई सम्बोधन गर्दै उनले विश्वासको मत मागिरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.