विश्वासको मत लिँदै कोशी प्रदेशका मुख्यमन्त्री कार्की (लाइभ)
विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्।
तत्कालिन सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुपरेको हो।
मुख्यमन्त्री कार्कीलाई नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले विश्वासको मत नदिने निर्णय गरेका छन्। कार्कीलाई विश्वासको मतका लागि ४६ सांसदको समर्थन चाहिन्छ।
उनलाई राप्रपाको साथ छ । कोसीको ९३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्याउन ४७ सांसद आवश्यक पर्छ। एमालेका ४० र राप्रपाका ६ गरेर सत्तारुढसँग ४६ सांसद छन्। कार्कीलाई विश्वासको मतका लागि थप १ सांसद आवश्यक पर्छ।
विपक्षी गठबन्धनसँग पनि सभामुखबाहेक ४६ नै सांसद छन् । सांसद संख्याका आधारमा समान मत आएर बराबरीको अवस्था भएमा प्रदेश मध्यावधितिर जाने हो कि भन्ने आशंका उब्जिएको छ।