भेरी पुल नजिकै फोर्स गाडी दुर्घटना, एक जनाको मृत्यु, १४ घाइते

भेरी पुल नजिकै फोर्स गाडी दुर्घटना, एक जनाको मृत्यु, १४ घाइते
सुन्नुहोस्

वीरेन्द्रनगर : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट नेपालगन्ज जाँदै गरेको फोर्स गाडी भेरी पुल नजिकै दुर्घटना भएको छ। रत्न राजमार्गको सुब्बाकुना-छिन्चु खण्डको भेरी पुल नजिकै भएको दुर्घटना भएको हो।

दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १४ जना यात्रु घाइते छन्। मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका-२२ बस्ने ५० वर्षीय फहित अन्सारी रहेका छन्। गम्भीर घाइते अन्सारीको कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

अन्य घाइतेको माया नर्सिङ होममा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ। भे १ ख ३७५० नम्बरको फोर्स ओभरस्पिडका कारण अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ। 

फोर्सले सडकमा राखिएको किलोमिटर संकेत दिने पिल्लर नै भत्काएर २० मिटर पर पुगेर सडकमा पल्टिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.