विश्वासको मतको प्रस्तावको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री कार्की (लाइभ)
विराटनगर : कोशी प्रदेशसभा बैठक सुरू भएको छ। बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा उठेका प्रश्नको जवाफ दिन सुरु गरेका छन् ।
विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको प्रदेशसभाको तेस्रो अधिवेशनका क्रममा बिहीबार मुख्यमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावका क्रममा अर्थ मन्त्रालयलगायका विषयमा प्रश्न उठेका थिए ।
अहिले मुख्यमन्त्रीले त्यसका जवाफ दिइरहेका हुन् । विश्वासको मतको प्रस्तावमा हुनुपर्ने मतदान र मतविभाजन रोकेर प्रदेशसभाको पहिलो बैठक शुक्रबार (आज)सम्मका लागि स्थगित गरिएको थियो।
बिहान ११ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक १ घण्टा ढिलो गरेर १२ बजे सुरु भएको हो। बैठकको प्रारम्भमै सभामुख बाबुराम गौतमले मुख्यमन्त्रीलाई जवाफका लागि समय उपलब्ध गराएका हुन् ।
अहिले मुख्यमन्त्रीले जवाफ दिने क्रम जारी छ। जवाफ दिने क्रम सकिएपछि मुख्यमन्त्रीको विश्वासको मतको प्रस्तावमा मत विभाजन सुरू हुनेछ ।