करेन्ट लागेर गम्भीर घाइते भएकी योन्जनको मृत्यु

करेन्ट लागेर गम्भीर घाइते भएकी योन्जनको मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

सिन्धुली : करेन्ट लागेर गम्भीर घाइते भएकी सिन्धुलीकी देवीकुमारी योञ्जनको मृत्यु भएको छ । कमलामाई गरपालिका ६ धुराबजारकी वर्ष २० की योन्जनको उपचारका क्रममा शुक्रबार बिहान १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। 

बुधबार बिहान धुराफाँटमा मोटरबाट पानी चलाउन स्विच अन गर्नेक्रममा अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएकी योञ्जनलाई थप उचारका लागि हेलिकप्टर मार्फत काठमाडौं लगिएको थियो ।

सिन्धुली अस्पतालमा उपचार सम्भव नभएपछि मनाङ एयरको हेलिकप्टर मार्फत काठमाडौंको हेम्स अस्पताल लगी उपचार गराइएको भए पनि उनको शुक्रबार उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको सिन्धुलीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक चिरन्जीवी दाहालले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.