कोशी प्रदेशका मुख्य मन्त्रीको प्रस्ताव : सर्वदलीय सरकार बनाऔं
विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सर्वदलीय सरकार बनाउन दलाहरुलाई प्रस्ताव गरेका छन्। प्रदेशसभामा भएको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री कार्कीले सर्वपक्षीय रुपमा सहमतिबाटै सर्वदलीय सरकार बनाउन अन्य राजनीतिक दलहरुलाई प्रस्ताव गरेका हुन्।
कार्कीले भने, ‘सर्वदलीय सरकार बनाऔं। अहिले पनि मेरो प्रयास जारी छ। ठूलो दललाई बाइपास गरेर हुँदैन, बजेट ल्याउने बेला सरकारलाई दिएको समर्थन फिर्ता लिने, अनि संवैधानिक बाटोबाट बजेट ल्याउँदा अध्यादेशबाट ल्यायो भनेर विरोध गर्ने काम भयो। ढोका थुनेर कुट्न खोजियो भने ठिक हुँदैन, निकास निस्किँदैन।’
उनले जनतालाई अप्ठेरो नपार्ने गरी अघि बढ्न प्रस्ताव गरे।