आफूलाई अप्रेशन गरेर जन्माउने डाक्टर भेटेपछि...

आफूलाई अप्रेशन गरेर जन्माउने डाक्टर भेटेपछि...
सुन्नुहोस्

गोरखा : गोरखा नगरपालिका-६ पाटेचौरमा वासु स्मृति प्रतिष्ठानको भवन ढलान हुँदै थियो। बुबा अकुर तिमिल्सिना ढलानको रेखदेख गर्नमा व्यस्त थिए। 

द वर्ल्ड क्यापिटल बोर्डिङ स्कूलमा कक्षा आठमा पढ्ने आयुषा स्कूल छुट्टी भएपछि सिधैं कोठामा नगई बुवालाई भेट्न भवन निर्माण स्थलमा पुगिन्।

ढुंगागाढेको स्वास्थ्य शिविरमा सहभागी भएर डाक्टर गुणराज लोहनी गोरखा बजार फर्कँदै थिए। सोही भवन ढलान भएको स्थानमा आइपुगेका डाक्टर लोहनीसित आयुषाको जम्काभेट भयो। बुबाले मद्दत नगरी उनले यसै चिन्ने कुरै भएन। 

‘आमाको अपरेशन गरेर तिमीलाई यो धर्तीमा जन्मदिने डाक्टरसाब उहाँ नै हो’, डाक्टर लोहनीतिर देखाउँदै अकुरले आयुषालाई भने, ‘मलाई जन्माउन मद्दत गर्ने डाक्टरसित भेटाइदिनु। उहाँसँग भेटेर धेरै कुरा गर्न र सँगै तस्बिर खिचाउन मन छ। उहाँजस्तै डाक्टर बन्ने मेरो सपना छ भनेर बारम्बार हामीलाई अनुरोध गरिरहन्थिन्। आज संयोगले भेट्ने मौका मिल्यो।’ भेटले आफूहरू सबै दंग भएको उनले बताए।

स्वास्थ्य सेवा विभागका महानिर्देशक भइसकेका डाक्टर लोहनीलाई बेलाबेला युटुबमा, टेलिभिजनमा अन्तर्वार्ता दिइराखेको देख्दा रोमाञ्चित भएकी आयुषाले एक्कासी सामुन्ने पाएपछि खुशीको सीमा रहेन। नमस्कारको मुद्रामा डाक्टरतिर हेरेको हेरै भइन्। डाक्टर लोहनी पनि उनीतिर हेरेर मुसुमुसु हाँसिरहे।
‘नाम के हो ?’
‘आयुषा’
‘पढाइ कस्तो छ ?’
‘राम्रै छ।’
‘ल, राम्रोसित पढ्नुपर्छ है। पढेर ठूलो मान्छे बन्नुपर्छ, राम्रो मान्छे बन्नुपर्छ’, आशीर्वाद दिँदै डाक्टर लोहनीले आयुषालाई धाप मारे। खुशीले गदगद् भएकी आयुषाले ‘हस्’ भन्दा धेरै बोल्न पनि सकिनन्। 

२०६७ सालको माघ २७ गते आयुषा गोरखा अस्पतालमा जन्मेकी थिइन्। त्यतिबेला माओवादीको पालुङ्टार विस्तारित बैठक भर्खर सकिएको थियो। पार्टीको तीव्र गतिविधिमा अकुर व्यस्त थिए। पत्नी हिरा सुत्केरी व्यथा लागेपछि गोरखा अस्पतालमा भर्ना भएकी थिइन्।

‘१३ बर्षअघिको गोरखा अस्पतालमा न दक्ष जनशक्ति धेरै थियो, न प्राविधिक उपकरण नै। रगत दिनुपर्‍यो भने कसरी व्यवस्था गर्ने भन्ने पनि अन्यौलै थियो। सुत्केरी गराउन धेरै जोखिम मल्नु पथ्र्यो’, डाक्टर लोहनीले भने, ‘तैपनि आफ्नो कर्तव्यबाट पन्छिनु हुदैनथ्यो। त्यसैले जोखिम मलेर अपरेशन गरेर सुत्केरी गराउनु परेको थियो।’ जोखिमपूर्वक सुत्केरी गराएर जन्मेको बच्चा ठूलो भएको देख्दा आफूलाई पनि खुशी लागेको डाक्टर लोहनीको भनाइ छ।

‘आमाको अपरेशन गरेर मलाई जन्मदिने डाक्टर गुणराज लोहनी हो भनेर म पाँच कक्षा पढ्दा आमाले सुनाउनु भएको थियो’, आयुषाले भनिन्’, ‘त्यतिबेलादेखि नै मलाई उहाँ (डाक्टरसाब) सँग भेट्न साह्रै मन लागेको थियो। बेलाबेला युटुबहरूमा उहाँको इन्टरभ्यूहरू पनि हेरेको थिएँ। आज उहाँलाई भेट्न पाउँदा असाध्यै खुशी लाग्यो।’ 

डाक्टरले धेरै पढेर राम्रो मान्छे बन्न सुझाव दिएको उनले स्मरण गरिन्। आफ्नो पनि डाक्टर बन्ने लक्ष्य रहेको उनले सुनाइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.