गौशाला नगरपालिकाले ल्यायो ९० करोड बढीको बजेट

वार्षिक बजेट विनियोजन कार्यक्रममा उपमेयर नै अनुपस्थित

गौशाला नगरपालिकाले ल्यायो ९० करोड बढीको बजेट
सुन्नुहोस्

गौशाला : निर्धारित कार्यतालिकाभन्दा ५ दिन ढिलो गरी गौशाला नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को लागि ९० करोडभन्दा बढीको बजेट ल्याएको छ। 

शुक्रबार गौशाला नगरपालिकाले आयोजना गरेको १० औं नगरसभाका बीच ९० करोड ७६ लाख २० हजार रकम बराबरको अनुमानित बजेट सार्वजानिक गरिएको हो।  

कार्यक्रममा उपमेयर रेणु महतो अनुपस्थित भएपछि बजेट र नीति तथा कार्यक्रम नगरपालिकाको तर्फबाट मेयर डा. दिपेन्द्र महतोले सार्वजानिक गरेका थिए। नगरप्रमुख डा. महतोले सार्वजानिक गरेको बजेटमा आन्तरिक स्रोततर्फ १९ करोड ६६ लाख ७५ हजार, राजश्व बाँडफाँडतर्फ २० करोड २२ लाख १९ हजार, वितीय समानीकरण अनुदानबाट १७ करोड २६ हजार, ससर्त अनुदानबाट २८ करोड ९७ लाख, विशेष सम्पुरकबाट ४ करोड ९० लाख उल्लेख रहेको छ। 

नगरले यसपटको बजेटमा स्वास्थ्य, शिक्षा र मानव जीविकोपार्जन क्षेत्रलाई पहिलो प्राथमिकतामा राखि बजेट ल्याएको मेयर डा. महतोले जनाएका छन्। काम विशेषले बाहिर रहेकोले उपमेयर महतो नगरसभामा अनुपस्थित रहेको जनाइएको छ। 
एकजना नगरकार्यपालिका सदस्यले दिएको जानकारी अनुसार यस वर्षको बजेटप्रति असन्तुष्टि जनाउँदै उपमेयर महतो  नगरसभामा अनुपस्थित भएकी हुन्। केही दिन अगाडि नगरकार्यपालिकाको राजश्व बाँडफाँड बैठकमा असन्तुष्टि जनाएकी उपमेयर महतो त्यस यता आयोजना भएको बैठकमा पनि अनुपस्थित रहेको ती कार्यपालिका सदस्यले अन्नपूर्णापोष्टसँग कुराकानीको क्रममा बताएका छन्। 

स्थानीय पालिकाले अनिवार्य रुपमा शिक्षा र कृषिमा जोड दिए मधेश प्रदेशको समृद्धि सम्भवन रहने जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले बताएका छन्।  शुक्रबार गौशाला नगरपालिकाको १० औं नगरसभालाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष यादवले पालिकाले ल्याउने वार्षिक योजना तथा नीतिमा शिक्षा र कृषिलाई पहिलो प्राथामिकतामा राख्नुपर्नेमा जोड दिएका छन्। 

उनले भने, ‘आमनागरिकको लागि सबैभन्दा नजिकको र सबैको आशा र विश्वासको रुपमा स्थानीय पालिकाहरु स्थापित भएको छ। वार्षिक योजना तथा बजेट नीतिमा अतिआवश्यक रुपमा रहेको कृषि र शिक्षा पहिलो प्राथामिकतामा राख्दै बजेट तर्जुमा गर्नुपर्छ।’  

एक अर्को प्रसंगमा अध्यक्ष यादवले भने, ‘संघीय सरकारले मधेश प्रदेशलाई अझ पनि विभेदकै दृष्टिकोण हेर्दैछ। जसको प्रत्यक्ष उदाहरण पछिल्लोपटक विनियोजित भएको बजेटले सावित गरिदिएको छ।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.