आइतबार दार्चुलाका २ स्थानीय तहमा सार्वजनिक बिदा
दार्चुला : भोलि शिखर पुजन जात्राको अवसरमा दार्चुलाका दुई वटा पालिकाले सार्वजनिक बिदा दिएका छन् । दार्चुलाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले सूचना निकालेर आइतबार असार १७ गते सार्वजनिक बिदा दिने जनाएका हुन् ।
जिल्लाको प्रमुख धार्मिक पर्यटकीय स्थल मालिकार्जुन धाममा हरेक वर्ष असार शुक्ल चतुर्दशीका दिन मालिकार्जुन देवताको पुजन जात्रा लाग्ने गर्दछ । सोही जात्राको अवसरमा सार्वजनिक बिदा दिइएको पालिकाहरुले जनाएका छन् ।
सार्वजनिक बिदाका दिन पालिकाभरि रहेका सबै सरकारी कार्यालय बन्द रहने सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस !
७