महाराष्ट्रमा बसमा आगलागी, २५ जनाको मृत्यु

महाराष्ट्रमा बसमा आगलागी, २५ जनाको मृत्यु
सुन्नुहोस्

दुर्घटनामा २५ जनाको मृत्यु भएको छ । बसमा ३३ जना सवार थिए । बुलढानाका प्रहरी उपरीक्षक सुनिल कडासानेले यी मृत्युको पुष्टि गरेको खबर बीबीसीमा छ।

मुम्बई : महाराष्ट्रको मुम्बई–नागपुर एक्सप्रेसवेमा जाँदै गरेको एक निजी बस दुर्घटनामा परेको छ ।

दुर्घटनामा २५ जनाको मृत्यु भएको छ । बसमा ३३ जना सवार थिए । बुलढानाका प्रहरी उपरीक्षक सुनिल कडासानेले यी मृत्युको पुष्टि गरेको खबर बीबीसीमा छ।
 

 २९ बीई १८१९ नम्बरको बस नागपुरबाट समृद्धि राजमार्ग हुँदै पुणेतर्फ गइरहेको थियो ।

बुलढानाको सिन्दखेड राजा नजिक बसको टायर पड्किएर चालकको नियन्त्रण बाहिर गयो र एउटा पोलसँग ठोक्कियो। 

यो ठक्करबाट बसको डिजेल ट्याङ्की विस्फोट भयो र आगोको झिल्को निस्किएको कारण बसमा आगो लागेको जनाइएको छ।
 
मृतकहरुको अझै सनाखत हुन सकेको छैन । घाइते यात्रुहरुको बुलढाना अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटना हुनु केही घण्टाअघि विदर्भ ट्राभल्सको बस खाजा खान कारंजामा रोकिएको थियो । त्यसपछि कारंजा नजिकैको इन्टरचेन्जबाट समृद्धि राजमार्ग पुणेतर्फ गइरहेको थियो । यसपछि बुलढाना नजिक बस दुर्घटना भएको हो।

दुर्घटनामा बाँचेका एक यात्रुले भने, ‘म छत्रपति संभाजीनगरमा ओर्लन लागेको थिएँ । एक घण्टामा मेरो स्टप हुने भएकाले म ओर्लने तयारी गर्न थालें । त्यसपछि बस पल्टियो र मेरो साथी र म बसभित्रै लड्यौं।'

'यस बीचमा हाम्रो अगाडिको यात्रु सिसा फुटाएर निस्कन लागे। हामी पनि त्यसै गरेर बसबाट हाम फाल्न सफल भयौं।'

'हामी बाहिर निस्किएपछि केही यात्रुहरूले हामीलाई पछ्याए। पल्टिनेबित्तिकै बसमा आगो लागेको थियो । आगो बिस्तारै बढ्दै गयो। हामीले यात्रुहरूको चिच्याहट सुन्यौं, हामीले केही गर्न सकेनौं। ' बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.