जन्मदिन

जन्मदिन
सुन्नुहोस्

जन्मदिन फेरि फर्केर आएछौ 

पोहोरभन्दा अहिले
अहिलेभन्दा पहिले 
मलाई बारम्बार सम्झिरहन्छौ
र, बारम्बार सोधिरहन्छौ
मलाई बुझ्ने भएदेखि
अहिलेसम्म के के गरिस् ?
कहाँ कहाँ गइस् ?
क, ख पढेको स्कुल सम्झेको छस् ?
क, ख चिनाउनेलाई सम्झेको छस् ?
तैले क—कस्ता साथी बनाइस् ?
तँ हिँडेको बाटो त ठीक छ ?
तँ आफैंसँग मपाई नगर है 
अनुहार ऐनामा हेर्ने गर है
जन्मदिन मलाई सम्झाइरहन्छ ।

तँ त पञ्चायतमा जन्मिस्
प्रजातन्त्रमा हुर्किस्
गणतन्त्रको उर्वरमा दौडेको छस्
तेरा गणतन्त्रवादीहरू के गर्दैछन् ?
भाषणमात्रै गर्छन् कि ?
रासन पनि आयस्रोतले थेग्ने दिन्छन् ?
सोध्ने गर्नु समयमै 
समय घर्केपछि त के गर्नु ?
तापनि साक्षी किनारामा मात्र बस्लास् नि !
जन्मदिन मलाई सम्झाइरहन्छ ।

मैले भने
नागरिकको कर्तव्य पालन गर्छु
क्षमताले भ्याउने काम गर्छु
अर्काको बहकाउमा हिँड्दिनँ
जनप्रतिनिधिको विकासप्रेम आस गर्छु
राष्ट्रसेवकलाई त्यति धेरै चिन्दिनँ
नेपालीमाथि हेपाइसो छ
सहयोगका नाममा धर्मले थिच्दो छ
पैसाले सबैलाई किनेको छ
मूलबाटोमा पैसा छैन
चोर बाटोमा हाक्काहाक्की छ
म यति भन्छु यो साल
बाँकी अर्को साल भनौंला ।

जन्मदिन अब प्रश्न नगर
यो साल यति ।

सबैको शुभकामना प्रेमिल बनोस्
मनमनमा मायाप्रेम छाइरहोस्
बिदा मागे जन्मदिनसँग
बिदा मागें– सबैसँग जय होस् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.