बाढी पीडितलाई सुरक्षित आवास

बाढी पीडितलाई सुरक्षित आवास
सुन्नुहोस्

गुलरिया : बर्दियाका बाढी प्रभावित घरपरिवारलाई कम लागतमा बाढी प्रतिरोधी सुरक्षित आवास निर्माण गरिएको छ। गुलरिया नगरपालिकाले दातृ निकायसँगको आर्थिक सहकार्यमा सुरक्षित बाढी प्रुफ घरहरु निर्माण गरेको छ। बर्दियाको गुलरिया नगरपालिका- ८ स्थित सर्जुटपरा टोलमा २७ घरधुरी तथा वडा नम्बर ४ रामपुर नयाँ बस्तीमा ४ घर गरी ३१ वटा घर निर्माण गरिएको गुलरिया नगरपालिकाले जनाएको छ। 

बाढी प्रभावित घरपरिवारलाई तत्कालिन समस्याबाट बचाउँदै भविष्यमा हुनसक्ने बाढीको जोखिम न्युनिकरण गर्न सुरक्षित स्थानमा बासस्थान निर्माण गर्ने उद्देश्य अनुरुप आवास निर्माण भएको छ। आवास निर्माणका लागि कारितास नेपालले नगरपालिकासँग आर्थिक सहलगानी गरेकोमा गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले खुशी व्यक्त गरे। उनले भने, 'नगरभित्रका थप पीडितहरुलाई दातासँग सहकार्यगर्दै थप आवास निर्माण गर्न नगरपालिका सधैं तयार छ।'

कुल १ करोड २६ लाख रुपैयाँको लागतमा आवास निर्माण भएको छ। जसमा गुलरिया नगरपालिकाले ९० लाख रुपैयाँ र कारितास नेपालले ३६ लाख रुपैयाँ लगानी गरेको हो। प्रति आवास निर्माणका लागि नगरपालिकाले ३ लाख, दातृ निकायले १ लाख २० हजार र समुदायको स्वलगानी २ लाख ९३ हजार गरी प्रति घर ७ लाख ९३ हजार ९७ रुपैया ६० पैसा लागत रहेको छ। समुदायहरुले स्वलगानीसँगै श्रमदान पनि गरेका छन्। सर्जुटपरा टोलका बाढी पीडित सुकुम्बारीहरुले गुलरिया नगरपालिकाको जमिनमा घरटहरा निर्माण गरी बस्दै आएका हुन्। सो क्षेत्रमा नगरले नापनक्सा गरी पर्खाल लगाउने भएपछि उनीहरुलाई अन्यत्र ऐलानी जग्गामा पुर्नस्थापन गरी नगरपालिकाको पहलमा आवास निर्माण गरिएको नगरप्रमुख यादवको भनाई छ।

सर्जुटपरा क्षेत्रका स्थानीयहरुले बाढी सुरक्षित आवास पाएपनि भवन निर्माण क्षेत्रमा वन्यजन्तुको त्रास रहेको गुनासो गरेका छन्। दैनिक चितुवाले सताउने गरेको उनीहरुको भनाई छ। नगरपालिकाको जमिनमा सुरक्षाका लागि नगरपालिकाले पर्खाल लगाएपछि आफूहरुको आवत जावतका लागि सडकको समस्या रहेको स्थानिय राजेश कुर्मीले बताएका छन्। 'नदीमा पुल पनि छैन। पुरानो सडक भएको क्षेत्रमा स्थानियले पनि तारबार गरेका छन्। घर त पायौं तर हामीलाई अनेकन समस्या छन् उनले भने,'हामीलाई सडक सञ्जालसँग जोड्न पहल गरिदिनु पर्‍यो। अन्यथा सडक अभावमा दुःख पाउने स्थिति छ।'

बर्दिया जिल्ला बाढी प्रभावित क्षेत्र हो। ०७१ बाढीले बर्दियामा ठूलो क्षती ब्यहोर्नु परेको थियो। जसमा ९३ घरपरिवारको जमिन नदीले बगाएपछि घरवार विहिन बनेका थिए। सरकारले उनीहरुलाई यसअघि घर निर्माण गरिदिएको छ। बाढीका बेला जोखिम हुनसक्ने भएकाले सुरक्षित रहन बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले अनुरोध गरेका छन्। नदी तटीय क्षेत्रका बासिन्दाहरुलाई सजग रहन आग्रह गर्दै कुनै पनि विपत्तिको लागि प्रशासन तयारी अवस्थामा रहेकाले पूर्व जोखिम पूर्ण स्थितिको जानकारी गराउन स्थानीय प्रशासन सक्रिय रहेको प्रजिअ रिसालले बताए।
बाढी पीडितको सुरक्षित आवास क्षेत्र। तस्बिर : यादव आचार्य
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.