घरबाटै प्रतिबन्धित औषधि बरामद : एकजना पक्राउ, एक फरार

घरबाटै प्रतिबन्धित औषधि बरामद : एकजना पक्राउ, एक फरार
घरमा प्रतिबन्धित औषधि लुकाएर राखेका लेटाङ–३ का तेजनकुमार राई।
सुन्नुहोस्

विराटनगर : मोरङको लेटाङका २ वटा घरबाट प्रहरीले शनिबार बिहान प्रतिबन्धित औषधि बरामद गरेको छ। 

इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको टोलीले लेटाङ नगरपालिका–३ का अलगअलग घरबाट प्रतिबन्धित औषधि बरामद गरेको हो। बिना इजाजत प्रतिबन्धित औषधि लुकाएर एवं संचय गरेर घरमा राख्ने एक जना पक्राउ परेका छन्। अर्का एक जना फरार रहेका छन्। 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार घरमा खानतलासी गर्दा नेपालमा प्रयोगमा प्रतिबन्ध लगाइएको औषधि बरामद भएपछि लेटाङ–३ का तेजनकुमार राईलाई प्रक्राउ गरिएको छ। अवैध प्रतिबन्धित औषधि लुकाएर राखेको विशेष सूचनाका आधारमा लेटाङ प्रहरीले बिहान ७ बजेतिर उनको घरमा छापा हानेको थियो। 

राईको घरमा खानतलासी गर्दा संचय गरेर राखिएको ट्रामाडोल २ सय ६६ चक्की र स्पासपेन १ सय ८० चक्की बरामद भएको डीएसपी दाहालले बताए। प्रतिबन्धित औषधिसहित पक्राउ परेका राईलाई प्रहरीले आवश्यक अनुसन्धान एवं कारबाहीका लागि औषधि व्यवस्था विभागको जिम्मा लगाउने तयारी गरेको छ। 

त्यस्तै, लेटाङ–३ का श्यामकुमार लिम्बूको घरबाट पनि प्रहरीले प्रतिबन्धित औषधि बरामद  गरेको छ। डीएसपी दाहालका अनुसार घरमा खानतलासी गर्दा लुकाएर राखेको अवस्थामा ट्रामाडोल २ सय चक्की र स्पासपेन ५ सय २२ चक्की बरामद भएको हो। लिम्बू भने घरमा भेटिएनन्। फरार बनेका उनको खोजी तीव्र पारिएको दाहालले बताए। 

प्रतिबन्धित औषधि मिसाएर लागूऔषधका रूपमा प्रयोग गर्ने गरिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। लागूऔषधका दुव्र्यसनीले ट्रामाडोल र स्पासपेन मिसाएर लागूऔषधका रूपमा प्रयोग गर्ने गरेको प्रहरीले पत्ता लागाएको हो। 

गाउँघरमा लागूऔषधको कारोबार र दुव्र्यसनी बढेसँगै नियन्त्रणमा लिन लेटाङ प्रहरीले विशेष अप्रेशन चलाएको छ। दाहालका अनुसार प्रहरी सक्रियता बढाइएसँगै प्रतिबन्धित औषधि बरामद हुने र त्यसको कारोबार एवं सेवनमा संलग्नहरु पक्राउ पर्न थालेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.